जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत असोज १६ देखि २० गतेसम्म विक्री उक्त ऋणपत्र विक्री गरी असोज २६ गते बाँडफाँट गरेको थियो । कुल ३० लाख कित्ता ऋणपत्र मध्य रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत र १८ लाख कित्ता परिपत्र विधिमार्फत विक्री गरिएको थियो ।

वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको सात वर्षे अवधिको यो ऋणपत्र २०८४ सालमा परिपक्क हुनेछ । धितोपत्र दोस्रो बजारमा पनि आइतवारदेखि कारोबार गर्न सकिने यो ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरुले हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका