जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिद्धार्थ, एसबीआई र एनएमबी बैंकद्वारा ४५ करोड ७५ लाख नियम विपरित लिएको ब्याज फिर्ता गर्ने शर्तमा साधारण सभाको अनुमति लिएको खुलासा !

सिद्धार्थ, एसबीआई र एनएमबी बैंकद्वारा ४५ करोड ७५ लाख नियम विपरित लिएको ब्याज फिर्ता गर्ने शर्तमा साधारण सभाको अनुमति लिएको खुलासा !

नेपालका २६ वाणिज्य बैंकहरु मध्ये फेरि ३ वटा बैंक, एउटा भारतीय लगानीको बैंक र अरु दुई वटा माडवाडी समुदायको चर्को शेयर भएका सिद्धार्थ बैंक र एनएमबी बैंकलाई नियमविपरित कर्जाका ग्राहकबाट लिएको कर्जाको ब्याजदर फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकबाट साधारण सभाको अनुमती लिएको भेटिएको छ । अर्को माडवाडीको चर्को लगानी रहेको सुन्दर प्रसाद कडेल सीइओ रहेको सिद्धार्थ बैंक लिमिटेडले कर्जा ग्राहकबाट नियमविपरीत लिएको करिब ३० करोड फिर्ता दिने शर्तमा साधारण सभा गर्न राष्ट्र बैंकसंग अनुमति लिएको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले पंक्तिकारसंग बताए ।

साधारण सभा गर्ने अनुमति पाएसँगै एसबीआइ बैंकले प्रतिशत ७.५३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको भेटिएको छ । राष्ट्र बैंकले सिद्धार्थ बैंक र एनएमबी बैंकको वित्तीय विवरण पारित गर्दै लाभाशं दिन अनुमति दिइसकेको छ ।राष्ट्र बैंकले गत वर्ष सिद्धार्थ बैंकले ३० करोड रुपैयाँ, एनएमबी बैंकले १० करोड र एसबीआई बैंकले ५ करोड ७५ लाख रुपैयाँ ग्राहक सँग नियम विपरित असुल गरेको पाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले थप ३ बैंकलाई साधारण सभा गर्न अनुमति दिएको भेटिएको छ । सिद्धार्थ बैंक, एनएमबी बैंक र एसबीआई बैंकले गत आर्थिक वर्षमा ग्राहकसँग नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने प्रक्रिया शुरु गरेपछि राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएको देखिन्छ । साधारण सभा गर्ने अनुमति पाएसँगै एसबीआइ बैंकले प्रतिशत ७.५३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको भेटिएको छ । राष्ट्र बैंकले सिद्धार्थ बैंक र एनएमबी बैंकको वित्तीय विवरण पारित गर्दै लाभाशं दिन अनुमति दिइसकेको छ ।राष्ट्र बैंकले गत वर्ष सिद्धार्थ बैंकले ३० करोड रुपैयाँ, एनएमबी बैंकले १० करोड र एसबीआई बैंकले ५ करोड ७५ लाख रुपैयाँ ग्राहक सँग नियम विपरित असुल गरेको पाएको देखिन्छ । हेका होस् ।

ग्लोबल आईएमई बैंकले नियम विपरित असुल गरेको ४५ करोड रुपैयाँ ऋणीको खातामा फिर्ता गर्न लागेको देखिन्छ । बैंक अफ काठमाडौंले २६ करोड रुपैयाँ, कुमारी बैंकले २१ करोड, प्रभु बैंकले १५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड ५० लाख सिटिजन बैंकले १२ करोड, एभरेष्ट बैंकले १२ करोड, मेघा बैंकले ११ करोड, सानीमा बैंकले ९ करोड र एनसीसी बैंकले ७ करोड ५० लाख रुपैयाँ नियम विपरित असुल गरेको भेटिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार तीनै बैंकले ग्राहकको खातामा ४५ करोड ७५ लाख रुपैयाँ फिर्ता गर्ने प्रक्रिया शुरु गरेपछि साधारण सभा गर्ने अनुमति दिएके ती डिपुटी गर्भनरले दाबी गरे । राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका बैंक मध्ये ग्लोबल आइएमइ बैंकले सबै भन्दा बढी रकम फिर्ता गर्नु परेको थियो । ग्लोबल आईएमई बैंकले नियम विपरित असुल गरेको ४५ करोड रुपैयाँ ऋणीको खातामा फिर्ता गर्न लागेको देखिन्छ । बैंक अफ काठमाडौंले २६ करोड रुपैयाँ, कुमारी बैंकले २१ करोड, प्रभु बैंकले १५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड ५० लाख सिटिजन बैंकले १२ करोड, एभरेष्ट बैंकले १२ करोड, मेघा बैंकले ११ करोड, सानीमा बैंकले ९ करोड र एनसीसी बैंकले ७ करोड ५० लाख रुपैयाँ नियम विपरित असुल गरेको भेटिएको थियो ।

भनिन्छ राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरित असुल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको देखिन्छ । उक्त निर्देशनका आधारमा सम्झौताभन्दा बढी असुल गरिएको ब्याज र प्रिमियम फिर्ता गर्ने वाणिज्य बैंकलाई मात्रै राष्ट्र बैंकले साधारण सभा गर्ने स्वीकृति प्रदान गरेको थियो । यो समाचार तयार पार्दासम्म नेपालका १४ वाणिज्य बैंकहरुले २ अर्ब १७ करोड ४५ लाख रुपैयाँ फिर्ता गरिसकेको भेटिएको छ । सचेत भया ।

2090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका