जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल बैंकको सम्पूर्ण शेयर बेचेर बंगलादेशको आइअफआइसी बैंक बाहिरिने

नबिल बैंकको सम्पूर्ण शेयर बेचेर बंगलादेशको आइअफआइसी बैंक बाहिरिने

बिल बैंकको विदेशी साझेदार बंगलादेशको आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर बिक्रि गरेर बाहिरिने भएको छ । बंगलादेशको ढाकामा रहेको आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सम्पूर्ण शेयर बिक्रि गर्ने भएको हो ।

नबिल बैंकको संस्थापक शेयरधनी बंगलादेशको International Finance Investment and Commerce Bank Limited (IFIC Bank) ले आफ्नो नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । आइअफआइसी बैंकले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न नबिल बैंकमा निवेदन दिएको थियो।

बैंकको सञ्चालक समितिको बैठकले रित पुर्याई ति शेयर बिक्री / खरिद गर्न प्रकिया अघि बढाउने निर्णय गरेको हो। यस सँगै बैंकले सो शेयर बिक्रीगर्नको लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

बैंकको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको ई. प्रा. निर्देशन नं. १० बमोजिम उक्त शेयरहरू खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरवारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा लिन चाहेको मूल्य खोली यस सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिनुहुन अनुरोध गर्दछौं ।’

उल्लिखित मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो शेयरहरू अन्य व्यक्ति/संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

बंगलादेशको आइअफआइसी बैंक साविकको नेपाल बंगलादेशको विदेशी साझेदार थियो । नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभेपछि आइअफआइसी बैंक स्वत नबिल बैंकको संस्थापक शेयरधनी बनेको हो । आइअफआइसी बैंकलेनबिल बैंकसँग प्राप्तिमा जानु अगाडी नै आफ्नो स्वामित्वको शेयर बिक्रि गरेर बाहिरिने तयारी गरेको थियो । तर अदालतमा मुद्दा परेर यो प्रक्रिया रोकिएको थियो । उक्त शेयरमा खरिद गर्नको लागि सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र विनोद चौधरीकी श्रीमती सारिका चौधरीले इच्छा देखाएका थिए ।

1040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका