जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गर्दै नाडा

शुक्रबार आन्दोलनको कार्यक्रम घोषणा गर्दै नाडा

अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) ले आन्दोलनको घोषणा गर्ने भएको छ । नाडाले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको टेकु स्थित कार्यालयबाट चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।

नाडाले सरकार र राष्ट्र बैंकले ल्याएका नीतिबारे आफ्नो धारणा सार्वजनिक गर्ने र त्यस पश्चात आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले आयात खुलाउन माग गर्दै आएको छ । गाडी आयात प्रतिबन्ध गर्दा आफ्नो रोजीरोटी नै गुमेको र सरकारलाई जाने राजश्व समेत गुमेकोले गाडी आयात खुलाउन माग गर्दै आएको छ ।

आज आयोजित एक कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने आयात प्रतिबन्ध गरेकोमा अटो व्यवसायीले आफुलाई भाग्यमानि ठान्नु पर्ने बताएका थिए ।  आयातमा गरिएको प्रतिबन्ध व्यवसायीको हितमा भएको दाबी गर्दै गभर्नरले गाडी आयातमा प्रतिबन्ध गरेको कारण अटो व्यावसायीहरु चर्काे ब्याजदरको मारबाट जोगिन सफल भएको बताएका थिए ।

उनले भनेका थिए ‘कहिलेकाँही नाडाको साथिले भन्नुहुन्छ, आयात प्रतिबन्ध भएर हामी बर्बाद भयौँ, तर तपाईहरु भाग्यमानि हुनुहुँदो रहेछ। भाग्यवस् आयात प्रतिबन्ध तपाईको हितमा छ। आयात नरोकिएको भए धेरै ऋण लिएर धेरै गाडी ल्याउनु हुन्थ्यो। बजार महंगीले एकातर्फ गाडी बिक्रि हुने थिएनन् व्यर्थमा होल्ड हुने थिए। अर्काेतर्फ बढेको ब्याजदरले ढाड सेकाउथ्यो। भाग्यमानि हुनुहुदो रहेछ।’

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका