जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेदेखि विक्री खुला

जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेदेखि विक्री खुला

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीआ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये कम्पनीले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहने १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरीद इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते रहेको छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न जेठ ३० गते अनुमति दिएको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ ।

6825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका