जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बैंकहरुको निक्षेप ४६ खर्ब रुपैयाँ पुग्यो

बैंकहरुको निक्षेप ४६ खर्ब रुपैयाँ पुग्यो

बाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबारसम्मको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो दिनको तुलनमा २ अर्ब रुपैयाँले बढेर २६ बाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब पुगेको जनाएको हो।
बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ५२ खर्ब नाघिसकेको छ। राष्ट्र बैंकका अनुसार, कुल निक्षेप २ अर्बले बढेर ५२ खर्ब २० अर्ब पुगेको हो। यो निक्षेप बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको हो।

राष्ट्र बैंकले चालु आर्थिक बर्षयता (सोमबारसम्म) बैंकहरुको निक्षेप १२२ अर्ब रुपैयाँले बढेको जनाएको छ। यसपाली निक्षेपको बृद्धि दर निक्कै सुस्त छ। ब्याज दर पोहोरभन्दा लगभग दोब्बर पार्दासमेत निक्षेपमा सुधार हुन सकेको छैन।

यता बैंकहरुको कुल ऋण भने ४२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। चालु बर्ष जम्मा ४९ अर्ब रुपैयाँले मात्र ऋण बिस्तार भएको छ।

पछिल्ला दिन निक्षेपमा आएको सुधारले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) घटिरहेको छ भने अन्तर बैंक सापटीको दरमा पनि कमी आएको छ।

सोमबारसम्म सीडी रेसियो ८६.३१ प्रतिशत छ। अन्तर बैंक सापटी दर ६.८६ प्रतिशतमा आएको छ। यसअघि अन्तर बैंक सापटी स्थायी तरलता सुविधा (एसएलएफ) कै दरमा हुँदै आएको थियो। एसएलएफको दर साढे ८ प्रतिशत छ।

2785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका