जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्र बैंकको नीतिकै कारण नेपालीहरूको ठूलो रकम बच्योः गभर्नर

राष्ट्र बैंकको नीतिकै कारण नेपालीहरूको ठूलो रकम बच्योः गभर्नर

संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई पुस ७ गते शपथ ग्रहण गराउने भएको छ। सचिवालयले पुस ७ गते दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने तालिका सार्वजनिक भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार ७ दिनको समय दिएर दलहरुलाई आह्‍वान गरिसकेकी थिइन्। राष्ट्रपतिले सरकार गठनका लागि आह्‍वान गरेपछि सांसदरुको सपथ ग्रहण पनि छिटै हुन लागेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिकै कारण बिट्क्वाइन तथा क्रिप्टोकरेन्सीमार्फत खेर जाने नेपालीहरूको ठूलो रकम बचेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बिट्क्वाइन तथा क्रिप्टोकरेन्सी लगायतको कारोबारमा नेपालले कडा नीति लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एक समय बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुची राखे । नेपालमा पनि कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाए । तर हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर सर्वसाधारणलाई पटक पटक सजग गरायौं । अहिले यसको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो ।’

गभर्नर अधिकारीले राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी बनाउनेतर्फ तयारी गरिरहेको समेत बताउनुभयो । ‘अब डिजिटल करेन्सीको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘भारतले राम्रो काम गरिरहेको छ, बंगलादेशले पनि सफलता पाइसकेको छ । अब हामीले पनि यस विषयमा सोच्नुपर्छ ।’
कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरि त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ। सचिवालय प्राप्त तथ्यांकअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए। उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ। सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

1785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?