जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • पोखरा फाइनान्सको लाभांश घोषणा

पोखरा फाइनान्सको लाभांश घोषणा

पोखरा फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार फाइनान्सले हाल कायाम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश गरि कुल ४.२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार रुपैयाँ रहेको छ । कम्पनीले आ.व. २०७८ / ७९ सम्मको सचिंत मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी रू १,०४,०९,१९,८१३.०० (अक्षरेपी एक अर्ब चार करोड नौ लाख उन्नाइस हजार आठ सय तेह रूपैया) को ४.०० प्रतिशतले हुने रकम रू ४,१६,३६,७९२.५२ (अक्षरेपी चार करोड सोह लाख छत्तिस हजार सात सय बयानब्बे रूपैया बाउन्न पैसा) बोनस शेयर तथा हाल कायम रहेको पुँजीको ०.२१ प्रतिशतले हुने रकम रू २१,८५,९३१.६१ (अक्षरेपी एक्काइस लाख पचासी हजार नौ सय एकतिस रूपैया एकसठ्ठी पैसा) नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

3320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका