जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रियलमी जिटी नियो २ नेपालमा सार्वजनिक

रियलमी जिटी नियो २ नेपालमा सार्वजनिक

विश्वमा सबैभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड, रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ । जसको मूल्य  ५४,१९९ रुपैयाँ रहेको छ  । जसमा  ८/१२८ जीबी स्टोरेज रहेको छ  ।

लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन रहेको छ । शुरुका ग्राहकहरुले तोकिएको भन्दा ३००० रुपैयाँ कम मूल्य  ५१,१९९ रुपैयाँमा यो मोवाइल फोन खरीद गर्न सकिने कम्पनीले बताएको छ ।  

रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन डठण् छन् को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ mm, चौडाइ ७७५.६ mm र उचाइ ८.६ एमएम रहेको छ । क्वालकम स्नापड्रागन ले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शन सँगै स्थिरताको अनुभव प्रदान गर्दछ । 

थर्मल जेलले यस फोनलाई शितल राख्दछ । रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गनर्,े ४१२९ एमएम क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ । चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ । 

4540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका