जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर्जाको गुणस्तर खस्केको पाइएपछि राष्ट्र बैंकलले थाल्यो बैंकहरूको ‘अनसाइट सुपरभिजन’

कर्जाको गुणस्तर खस्केको पाइएपछि राष्ट्र बैंकलले थाल्यो बैंकहरूको ‘अनसाइट सुपरभिजन’

महामारीको बीचमा बैंकहरुले कर्जा अत्यधिक बढाएपछि ‘अफसाइड’ सुपरिवेक्षण गरिरहेको राष्ट्र बैंकले साउन पहिलो साताबाट ‘अनसाइड’ सुपरिवेक्षण थालेको छ । राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थामै पुगेर सुपरिवेक्षण गर्न थालेको हो । यसअघि बैंकहरुले प्रस्तुत गरेका कागजातको आधारमा अध्ययन गर्दा कर्जाको गुणस्तर खस्कोको पाइएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

यही कारण मौद्रिक नीतिमा केही कडाइका व्यवस्था प्रस्ताव गरिएको राष्ट्र बैंकका सुपरिवेक्षण विभागका अधिकारीले बताए । यससँगै अब बैंकमै पुगेर विवरणहरु केलाउने काम सुरु भएको ती अधिकारीले जानकारी दिए । कोरोना महामारीको तेस्रो लहर सुरु नभए दशैंअघि नै यस्तो सुपरिवेक्षण टुंग्याउने प्रयास भइरहेको ती अधिकारीले बताएका छन् ।

बैंकमै पुगेर सुपरिवेक्षण तथा अनुसन्धान गरेपछि बैंकहरुको अवस्था कस्तो छ भन्ने वास्तविक चित्र आउने छ । बैंकहरुले कोरोना महामारीको लाभ उठाएर आफ्ना ग्राहकलाई कर्जाको दुरुपयोग गर्न छुट दिएको हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । त्यस्तो अवस्था साँच्चै भएको पाइएमा बैंकलाई कारबाही गर्ने र नीतिगत परिमार्जन गर्ने प्रस्ताव गरिने ती अधिकारीले बताए

6140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका