जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • इतिहासमै पहिलोपटक सेयर बजारसम्बन्धि सकारात्मक निर्णय

इतिहासमै पहिलोपटक सेयर बजारसम्बन्धि सकारात्मक निर्णय

इतिहासमै पहिलोपटक सेयर बजारसम्बन्धि सकरात्मक निर्णय गरेपछि अर्थमन्त्री विष्णु पौडेल चर्चामा छन् । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा उनले नेपाली पूँजी बजारका विषय प्राथामिकताका साथ उठाएका थिए ।

बैठकले देशको अर्थतन्त्रमा देखिएको तरलता संकटलाई समाधानको बाटोमा लैजाने निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए । ‘हामी पूर्ण रुपमा देशको समृद्धितर्फ केन्द्रित छौँ । र अहिलेको मुख्य समस्या भनेकै अर्थतन्त्रमा देखिएको तरलता सङ्कुचन हो’, उनले भने, ‘तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिती एवम् पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय पहिलो बैठकले गरेको छ ।’

त्यस्तै, बैठकमा चालू आर्थिक वर्षका लागि मन्त्रीहरुले वृद्धि भएको तलब नलिने निर्णय भएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।

योसँगै अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न, राजस्वको लक्ष्य प्राप्त गर्न र आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य थप सशक्त बनाउने निर्णय भएको समेत पौडेलले बताएका छन् ।

1270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका