जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई आहारा उपलब्ध गराउने सम्झौता

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई आहारा उपलब्ध गराउने सम्झौता

प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच रेड पान्डालाई एक वर्षका लागि आहारा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुईवटा रेड पान्डाका लागि एक वर्षसम्म आहारा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ।

सदर चिडियाखानाद्वारा सञ्चालित ‘एडप्ट एन एनिमल’ अभियानअन्तर्गत गरिएको यस सम्झौताबाट रेड पान्डाजस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ। यसका साथै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० को प्राप्तिका लागि पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ।

5115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका