जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आईएमई लाइफ इन्स्योरेन्सले शुरु गर्यो च्याटबोट

आईएमई लाइफ इन्स्योरेन्सले शुरु गर्यो च्याटबोट

आईएमई लाइफ इन्स्योरेन्सले बीमित, अभिकर्ता र सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई सेवा दिनका लागि आईएमई लाइफ ३६०–युअर भर्चुअल एसिस्टेन्ट नामको च्याटबोट शुरुवात गरेको छ ।

यो च्याटबोट माध्यमबाट अब सेवाग्राहीले २४ सै घण्टा सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नेपालमै पहिलो पटक जीवन बीमा कम्पनीमा यो सेवा सञ्चालनमा ल्याएको दावी गरेको छ । हाल यो सेवा कम्पनीको वेवसाइटमा उपलब्ध रहेको र एन्ड्रोइड र आइओएस मोबाइलमा डाउनलोड र म्यासेन्जरबाट सेवाग्राहीले सेवा उपभोग गर्न सक्नेछन् ।

यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्षरुपमा लाभान्वित हुने कम्पनीको विश्वास छ ।

‘बीमासँग चासो राख्ने, बीमाबारे बुझ्न चाहने, कम्पनीका बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले यो सेवा उपभोग गर्न सक्ने कम्पनीको भनाइ छ ।

च्याटबोट सेवामार्फत् बीमितले आफ्नो बीमा शुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमा शुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नम्बर परिवर्तनका लागि जानकारी लिन सकिने र अनुरोध पठाउन सकिनेछ ।

त्यसैगरी दावी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिसन, बैंक खाता, प्यान नम्बर मोबाइल नम्बर अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नविकरण प्रक्रियासम्मको जानकारी यसै च्याटबोटबाट तत्कालै पाइने कम्पनीको भनाइ छ ।

यो सेवा सम्बन्धित पक्षले आफ्नो ठाउँमै बसी लिन सक्नेछन् ।

 

 

3660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका