जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले ल्यायो सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेबारे जनचेतनामूलक भिडियो

सिटिजन्स बैंकले ल्यायो सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेबारे जनचेतनामूलक भिडियो

सिटिजन्स बैंक इन्टरनेसनलले सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेसम्बन्धमा एउटा जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।

भिडियोको मुख्य पात्रका रुपमा कलाकार प्रियंका कार्की रहेकी छन्। उनलाई एउटा गुडिया पसलको साहुनीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ। उनको नाम सबिता रहेको छ।

1697246620250×250-1.gif1693481122nlicl.gif1698731458250x250-1.gif
गुडिया पसलमै बसिरहेको बेला सबितालाई बैंककी कर्मचारीले फोन गर्छिन् अनि एटीएम कार्ड तयार भएकोले टाइम मिलाएर लिन आउन आग्रह गर्छिन्।

त्यसपछि सबिता खुसी हुन्छिन् र आफ्ना गुडियाहरुलाई एटीएम कार्ड रेडी भएको जानकारी गराउँछिन्। ‘अब म पनि मोबाइल बैंकिङ डाउनलोड गर्छु। त्यसपछि त सबै कारोबार डिजिटल्ली गर्न मिलिहाल्छ नि’, उनले भन्छिन्।

त्यसपछि डिजिटल कारोबार र पैसाको सुरक्षाका विषयमा त्यहाँ रहेका गुडिया र सबिताबीचको संवादबाट बैंकले प्रस्ट पार्न खोजेको छ।

यस्तो छ गुडिया र सबिताबीचको संवाद

  • गुडियाः सबै कारोबार त डिजिटल्ली त गर्ने तर डिजिटल्ली आफ्नो पैसाको सुरक्षा गर्न आउँछ ?
  • सबिता (छक्क पर्दै): को बोलेको भर्खर ?
  • गुडियाः छक्क पर्नै पर्दैन । हामीलाई यतिधेरै माया गर्ने साहुनीको पैसा सुरक्षित राख्न हामीले पनि त हेर्दिनुपर्यो नि।
  • सबिताः गुडियाहरु कसरी बोल्छन् ?
  • गुडियाः कसरी बोलिरहेका छन् भन्दा पनि के बोलिरहेका छन्, त्यो चाहिँ सुन्नुहोस्।
  • गुडियाः डिजिटल मनीले पैसा कारोबार त सजिलो बनाएको छ तर सँगसँगै अझ बढी सुरक्षित पनि हुनुपर्ने बनाएको छ नि।
  • सबिताः जस्तैः भन्न के खोजेको ?
  • गुडियाः अनलाइन बैंकिङ लिनुभन्दा अगाडि यसका विषयमा सबै जानकारी लिनुपर्छ। था छ था छ भन्दै जान्ने पल्टिनु आफ्नै लागि घाटा हुन सक्छ।
  • गुडियाः अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको अधिकारिक वेबसाइटबाट मात्रै प्रयोग गर्ने र अधिकारिक एपमात्रै डाउनलोड गर्नुपर्छ।
  • गुडियाः अनलाइन बैंकिङ प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनै पनि ग्याजेटलाई पासवर्ड, पिन, प्याट्रन वा बायोमिटरले अनिवार्य रुपमा लक गर्ने गर्नुपर्छ । बुझ्नु भो नि साहुनी !
  • गुडियाः अनलाइन बैंकिङको यूआरएल सधैँ टाइप गर्नुपर्छ। कहिल्यै पनि ई–मेल लिंक वा अन्य कुनै पनि हाइपरलिंक क्लिक गर्नु हुँदैन।
  • गुडियाः अनलाइन बैंकिङका लागि मल्टिफ्याक्टर अथेन्टिकेसन जस्तै टु फ्याक्टर अथेन्टिकेसन, मोबाइल नम्बर, ओटीपी, फिंगर प्रिन्ट आदि आदिको प्रयोग गर्नुपर्छ।
  • साहुनीः अनि गुरुहरु…यो अनेक किसिमका नोटिफिकेसन अलर्टहरु चाहिँ लिनु कि नलिनु ?
  • गुडियाः सबै किसिमका अलर्ट सेवाहरु लिनुपर्छ । त्यसले तपाइँको खातामा हुने कुनै पनि किसिमको गतिविधिका सूचना तुरुन्त दिने गर्छ।
  • साहुनी : अरु केही छ कि ? कि सकियो ?
  • गुडियाः आफ्नो बैंकको स्टेटमेन्ट समय–समयमा चेक गरिरहनुपर्छ र आफ्नो बैंक अकाउन्ट, पासवर्ड, पिन कोड, सीभीसी, ओटीपी, एमपिन, ट्रान्ज्याक्सन पिन कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिनुहुँदैन, चाहे त्यसले बैंककै कर्मचारी नै हुँ भनेर फोन किन नगरोस्।
  • गुडियाः अनलाइन बैंकिङका लागि बलियो पासवर्डको प्रयोग गर्नुपर्छ र बेला–बेलामा परिवर्तन गरिरहनुपर्छ। त्यस्तो पासवर्ड कुनै पनि बाउजर इत्यादिमा सेभ गरेर राख्नुहुँदैन।
  • गुडियाः सकेसम्म सार्वजनिक वाईफाईबाट मोबाइल बैंकिङ वा अनलाइन बैंकिङ प्रयोग गर्नुहुँदैन। यदि गरिहालेमा लगआउट वा साइनआउट भए नभएको चेक गर्नुपर्छ।
  • गुडियाः अनि अन्तिम कुरा, आफ्नो मोबाइल बैंकिङ एपलाई सधैँ अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि देखिएमा आफ्नो बैंकलाई खबर गरिहाल्नुपर्छ। र, एटीएम कार्ड हराएको खण्डमा चाहिँ तुरुन्तै बैंकमा सम्पर्क गरी कार्ड ब्लक गर्न लगाउनुपर्छ।
  • गुडियाः यत्ति कुरा पालना गर्यो भने आफ्नो कारोबार सजिलो तरिकाले सुरक्षितसँग गर्न सकिन्छ नि ।
  • साहुनीः ल अब मैले यस्ता कुरामा एकदम ध्यान पुर्याउने भए है।
  • त्यसपछि साहुनी निद्राबाट ब्युँझिन्छिन्। ​
  • यो जनचेतनामूलक भिडियोको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले आज बैंकमा आयोजित एक कार्यक्रमबीच लन्च गरेका हुन्। ​

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका