जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको प्रथम त्रैमासको वित्तीय विवरण

वाणिज्य बैंकहरुको प्रथम त्रैमासको वित्तीय विवरण

२६ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा १४ वाणिज्य बैंकको खुद नाफा बढेको छ भने १२ वटा बैंकको घटेको छ।

वाणिज्य बैंकहरुले कुल १८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिमा १७ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका थिए। यो हिसाबले वाणिज्य बैंकहरुको नाफा ५.९४ प्रतिशतले बढेको छ।

यो अवधिमा एनआईसी एसिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंकले अर्ब बढी नाफा आर्जन गरेका छन्। चालु आर्थिक वर्षको ३ महिनामा एनआईसीले सबैभन्दा धेरै १ अर्ब ७५ करोड रुपैयाँ बढी आर्जन गरेको छ।

नाफा कमाउनेमा नबिल बैंक दोस्रो नम्बरमा छ। यो बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै राष्ट्रिय वाणिज्यले १ अर्ब २४ करोड रुपैयाँ, ग्लोबल आईएमईले १ अर्ब १८ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंले १ अर्ब १४ करोड रुपैयाँ र कुमारी बैंकले भने १ अर्ब बढी नाफा आर्जन गरेका छन्।

यीबाहेक अन्य बैंकको नाफा १ अर्ब रुपैयाँमुनि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रतिशतका हिसाबले कुमारी बैंकले सबैभन्दा धेरै नाफा बढाएको छ। बैंकले ८५।०७ प्रतिशत खुद नाफा बढाएको हो। प्रतिशतका हिसाबले सबैभन्दा कम ग्लोबल आइएमईको नाफा ६.९७ प्रतिशतले मात्रै बढेको छ।

सबैभन्दा धेरै सनराइज बैंकको नाफामा नाफामा गिरावट आएको छ। नगद र प्रतिशत दुुवैका आधारका यो बैंकको नाफा सबैभन्दा धेरै गिरावट आएको हो। यो बैंकको नाफा १६ करोड ६८ लाख रुपैयाँमा खुुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंक(रु हजारमा) यसपालिको नाफा पोहोरको नाफा फरक प्रतिशतमा
एनआईसी एसिया बैंक 1,756,779 1,180,691 48.79
नबिल बैंक 1,571,537 1,112,234 41.3
राष्ट्रिय वाणिज्य बैंक 1,246,678 1,050,614 18.66
ग्लोबल आईएमई बैंक 1,189,545 1,112,224 6.95
नेपाल इन्भेष्टमेन्ट बैंक 1,140,597 923,795 23.47
कुमारी बैंक 1,001,459 541,119 85.07
एनएमबि बैंक 904,134 1,044,437 -13.43
प्राइम कमर्सियल बैंक 874,170 977,934 -10.61
एभरेष्ट बैंक 862,237 578,873 48.95
स्ट्याण्डर्ड चार्टर्ड बैंक 811,397 481,847 68.39
प्रभु बैंक 705,006 636,321 10.79
नेपाल एसबीआई बैंक 627,357 372,911 68.23
नेपाल बैंक 604,098 754,855 -19.97
सानिमा बैंक 548,220 567,860 -3.46
हिमालयन बैंक 532,475 452,853 17.58
एनसीसी बैंक 516,836 518,057 -0.24
मेगा बैंक 509,169 914,686 -44.33
लक्ष्मी बैंक 503,472 552,870 -8.93
सिटिजन्स बैंक 501,215 687,399 -27.09
सिद्धार्थ बैंक 498,250 948,731 -47.48
माछापुच्छ्रे बैंक 451,183 561,536 -19.65
सिभिल बैंक 415,091 291,849 42.23
सेञ्चुरी कमर्सियल बैंक 318,515 272,476 16.9
बैंक अफ काठमाण्डू 280,615 253,477 10.71
कृषि विकास बैंक 220,953 485,378 -54.48
सनराइज बैंक 165,827 430,716 -61.5
कुल 18,756,815 17,705,743 5.94

1690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका