जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल छोडेर मेगा बैंक मै फर्किए महेश ढकाल

ग्लोबल छोडेर मेगा बैंक मै फर्किए महेश ढकाल

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल नियुक्त भएका छन् । बैंकको आज पुस २५ गते बसेको संचालक समितिको बैठकले आज पुस २५ गतेद्केही नै लागु हुने गरि अर्को ब्यबस्था नभएसमको लागि ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि उनी ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सीइओ थिए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमांडूले मर्ज भएर एकिकृत कारोबार गर्दा उनी  स्वेच्छिक अवकास योजनाका लागि आबेदन दिएर  ग्लोबल आइएमई बैंकबाट बाहिरिएका हुन्  ।

मेगा बैंकले तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ति गर्दा ढकाल टुरिजममा प्रमुख कार्यकारी अधिकृत थिए। र मर्ज तथा प्राप्ति पश्चात ढकाल मेगा बैंकमा नै डेपुटी सीइओ थिए र पछि ग्लोबल आइएमई बैंकमा गएका थिए । एनआइबिएलसँग मर्जर पश्चात सिनियर डेपुटी सीइओ बनाउनेगरि ढकाललाई मेगा बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृतमा ल्याईएको हो।

4600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?