जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाग्लुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि भट्टचन सिफारिस

बाग्लुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि भट्टचन सिफारिस

आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले देविप्रकाश भट्टचनको नाम सिफारिस गरेको छ। शनिबार क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम सिफारिस गरेको हो ।

बाग्लुङ क्षेत्र नं. २ नेकपा (माओवादी केन्द्र)का सांसद एवं शिक्षामन्त्री देवेन्द्र पौडेलको क्षेत्र हो । २०७४ सालको निर्वाचनमा बाग्लुङ क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका नेता पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

वाम गठबन्धनका उम्मेद्वार रहेका पौडेलले २८ हजार ८२७ मत ल्याएर विजयी भएका थिए । निकटतम् प्रतिस्पर्धी निरज पुनले १९ हजार ९०५ मत पाएका थिए ।

पौडेल नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । आगामी निर्वाचनमा बाग्लुङको एउटा निर्वाचन क्षेत्र सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले पनि दाबी गरेको छ । जनमोर्चाले पार्टी अधयक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ।

भट्टचन २०४३ सालमा नेपाल युवक संगठनको धौलागिरी अञ्चलको निर्विरोध उपाध्यक्ष भएका थिए । २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदबार उठेका उनी झिनो मतले पराजित भएका थिए । बाग्लुङ क्षेत्र नम्बर ३ बाट दोस्रो भएका उनी त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा पुन: सक्रिय भए । २०४९ सालमा नेपाली काग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य नियुक्त भए । उनी २०७४ सालमा समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए ।

२०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका उनी यसपटक प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस भएका छन् । प्रत्यक्षतर्फ गठबन्धन गर्दा माओवादीको कोटामा परेमा उनलाई समानुपातिककाे बाटाे सहज हुने देखिन्छ। साथै उनी थकाली समुदायबाट अल्पसंख्यक पनि भएकाले सांसद हुने प्रवल सम्भावना छ।

1605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका