जोडिनुहोस
शनिबार, चैत्र ११, २०७९
शनिबार, चैत्र ११, २०७९
  • होमपेज
  • सिभिल बैंकको अन्तिम साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस र प्रस्तावित स्वाप रेसियो अनुमोदन

सिभिल बैंकको अन्तिम साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस र प्रस्तावित स्वाप रेसियो अनुमोदन

सिभिल बैंक लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा आज (पौष २८ गते बिहिबार) काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७९/८० को लेखापरिक्षण नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८० दशमलव २८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ति (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

साथै, सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारी पत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीहरूलाई अनुमोदन गरिएको छ ।

सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट स्वीकृति लिने/अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पुँजी संरचना वा प्रबन्ध पत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी समेत साधारण सभाले प्रदान गरेको छ ।

उक्त साधारण सभाका सबै प्रस्तावहरू पारित गर्नु भएकोमा सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले धन्यवाद दिए। साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात दुवै बैंकको एकीकृत कारोबार २०७९ माघ भित्र गरिने योजना रहेको कुरा बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले दिए।

करिब ८ लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरू, १३ एक्सटेन्सन काउन्टरहरू तथा १०२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म रु. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८६ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका