जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको एटीएममा मास्टर कार्ड चल्ने

सिटिजन्स बैंकको एटीएममा मास्टर कार्ड चल्ने

सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टर कार्ड सेवा सुरुवात गरेको छ ।

यो सेवाको सुरुवात  सँगै मास्टर कार्ड, मेस्ट्रो तथा सिरोस ब्राण्डका कुनै पनि कार्ड उक्त बैंकको एटीएममा चल्ने छन् । नेपाल भ्रमण बर्ष २०२० को सुरुवात  सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा मास्टर कार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने छन् ।

बैंकले यस अघि नै भिजा तथा ‘युनियन पे’सँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

5390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका