जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो लाभांश

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो लाभांश

प्राइम कमर्सियल बैंकको १५औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्ता पुँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।

चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँभन्दा बढी हुने बताइएको छ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक सेयरधनीहरूका तर्फबाट सञ्चालक पदमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीहरूकोतर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन्।

4065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?