जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नियम उल्लंघन गर्ने १० वटा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तिरायो हर्जाना

नियम उल्लंघन गर्ने १० वटा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तिरायो हर्जाना

कर्जा निक्षेप अनुपातमा गरेको गडबडी वापत सो जरिवाना तिर्नुपरेको हो ।

यसैगरी यी बैंकहरुले भदौ महिनामा पनि क्रमश २३ लाख १४ हजार ४९३ रुपैयाँ १६ लाख ९९ हजार १५२ रुपैयाँ, ५ लाख १६ हजार ३०७ रुपैयाँ र २८ लाख ९७ हजार ३५४ रुपैयाँ हर्जाना तिर्नुपरेको छ ।

सालपा विकास बैंकले भने अनिवार्य मौज्दातमा राख्नुपर्ने बाध्यकारी नियमलाई उल्लघंन गरेका आधारमा ३५३ रुपैयाँ हर्जाना तिर्नुपरेको छ ।

राष्ट्र बैंकका अनुसार ग वर्गका वित्तीय संस्थाले कर्जा निक्षेप अनुपातमा गरेको गडबडी वापत नेपाल फाइनान्स र जानकी फाइनान्सले साउन महिनामा क्रमश १९ हजार ३३० रुपैयाँ र ६ लाख ५५ हजार १९३ रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।

त्यस्तै, यी संस्थाहरुले भदौ महिनामा क्रमश एक लाख ६५ हजार ५८४ रुपैयाँ, ६ लाख ३७ हजार ७९९ रुपौयाँ र समृद्धि फाइनान्सले ८० हजार जरिवाना तिर्नुपरेको हो ।

राष्ट्र बैंकका अनुसार प्रोग्रेशिभ फाइनान्सले अनिवार्य मौज्दातमा राख्नुपर्ने बाध्यकारी नियमलाई उल्लघंन गरेका आधारमा २३ हजार १८८ रुपैयाँ रुपैयाँ हर्जाना तिर्नुपरेको हो ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका