जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएसीपछि क्यानले थाल्यो श्री एयरलाइन्सको अडिट

एनएसीपछि क्यानले थाल्यो श्री एयरलाइन्सको अडिट

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा प्रदायक निजी कम्पनी श्री एयरलाइन्सको विस्तृत अडिट सुरु गरेको छ।

क्यानले नेपाल वायुसेवा निगमको अडिट सकेसँगै श्री एयरलाइन्सको जाँच सुरु गरेको हो। ‘आजबाट हामीले श्री एयरलाइन्सको विस्तृत अडिट सुरु गरेका छौं। तीन दिनमै कम्पनीको अडिट सकाउने तयारी छ,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘लगत्तै दुवै वायुसेवाको डि ब्रिफिङ गर्ने योजना बनाएका छौं।’  

दुई साताअघि युरोपियन युनियनको एयर सेफ्टी कमिटीले बुझाएको प्रतिवेदनमा हवाई सुरक्षालाई दिएर निगम र श्री एयरलाइन्सको व्यवस्थापनको आलोचना गरिएकाले क्यान विस्तृत अडिटमा लागेको हो।

सूचना अधिकारी भुलले दुवै कम्पनीको अडिट रिपोर्ट एक साताभित्र सार्वजनिक गर्ने जानकारी दिए।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका