जोडिनुहोस
आइतवार, फाल्गुन ४, २०८१
आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • आइएमई लाइफको ‘मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ तथा एमडीआरटी सम्मान’ भव्य रुपमा सम्पन्न

आइएमई लाइफको ‘मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ तथा एमडीआरटी सम्मान’ भव्य रुपमा सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ सम्बन्धि दुई दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुलाई दक्ष र प्रतिस्पर्धी बनाउँने उद्देश्यले आयोजित उक्त कार्यक्रम नेपालगंज सिद्धार्थ होटलमा माघ १८ र १९ गते सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, उच्च पदस्थ कर्मचारी, प्रदेश ५,६ र ७ का प्रदेशप्रमुख, विभिन्न शाखाका शाखा प्रमुख तथा अभिकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गरेका अभिकर्ताहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

अन्तराष्ट्रिय प्रशिक्षक सयद अफ्जदले उपस्थित सम्पूर्ण अभिकर्ता, कर्मचारीहरुलाई तालिम दिएको कम्पनीले जनाएको छ । साथै, कार्यक्रममा बाजागाजासहित भव्य समारोह आयोजना गरे नाचगानका साथै तालिम प्रदान गरी उक्त कार्यक्रम सम्पन्न भएको थियो ।





150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका