जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बैंकिङ प्रणालीमा थपियो रु. ४३ अर्ब निक्षेप

बैंकिङ प्रणालीमा थपियो रु. ४३ अर्ब निक्षेप

बैंकिङ प्रणालीमा एक साताको अवधिमा ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । गत पुस २५ गतेसम्म कुल निक्षेप ५३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले यो एक साताको अवधिमा बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो।

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ३५ अर्ब रुपैयाँले बढेको छ। गत पुस २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा माघ ३ गतेसम्म बढेर ४७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि ३९ अर्ब रुपैयाँले बढेको छ। गत पुस २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा माघ ३ गतेसम्म बढेर ४८ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि यो अवधिमा ३७ अर्ब रुपैयाँले बढेर माघ ३ गतेसम्म ४२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ३० अर्ब रुपैयाँ थियो। माघ ३ मा बैंकहरुको औसत सीडी रेसियो ८६.६४ प्रतिशत कायम भएको छ। गत पुस २५ गते औसत सीडी रेसियो ८६.६५ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने माघ ३ मा बढेर ७.२२ प्रतिशत पुगेको छ। गत पुस २५ मा अन्तरबैंक ब्याजदर ६.१४ प्रतिशत थियो।

1450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?