

एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल कर्जा २६६.६८ अर्ब पुगेको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुगेको छ ।
पुस मसान्तसम्ममा बैंकको खुद नाफा ३६. प्रतिशत बढेर ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ । समिक्षा अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ ।
साथै, बैंकले वार्षिक प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गर्न सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ ।
बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई समिक्षा अवधिमा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा समग्र वाणिज्य बैंकहरूभन्दा एनआईस एशिया बैंक अग्रणी स्थानमा रहेको बैंकको दाबी छ ।