जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कम्पनीका नाममा अमेरिकाबाट भित्रियो ६८ करोड

कम्पनीका नाममा अमेरिकाबाट भित्रियो ६८ करोड

पृथ्वीबहादुर शाहका १४ कम्पनीका नाममा पछिल्ला ५ वर्षमा अमेरिकाबाट ६८ करोड रुपैयाँभन्दा बढी रकम आएको पाइएको छ ।

अमेरिकाबाट आएको रकममध्ये अहिले ३० करोड रुपैयाँभन्दा बढी नेपाल राष्ट्र बैंकमा होल्ड रहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले शाह र उनका भाईसहित ७ जनालाई पक्राउ गरि अहिले अनुसन्धान गरिरहेको छ ।

सीआईबी प्रमुख उत्तमराज सुवेदीले शाहका कम्पनीका नाममा अमेरिकाबाट आएको रकममध्ये ३८ करोड निकालिसकेको पाइएको र करिब ३० करोड राष्ट्र बैंकमै होल्ड रहेको बताए ।

‘शाह र उनीसहित विभिन्न व्यक्तिका नाममा रहेको कम्पनीको खातामा आएको रकमबारे अनुसन्धान भइरहेको छ । अहिले हेर्दा अनलाइन ठगीसहित धेरैवटा कसुरहरु आकर्षित हुने देखिन्छ’, एआईजी सुवेदीले भने । शाह र उनीसहितका व्यक्तिका नाममा नेपालमा २२ वटा कम्पनी रहेको बताइएको छ । तीमध्ये ७ वटा कम्पनी दर्ता नरहेको सीआईबी स्रोतले जानकारी दियो । यसअघि शंकास्पद रकम आएको भन्दै राष्ट्र बैंकले होल्ड गरेपछि शाहले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई गुहारेका थिए ।

सोही कारण शर्मा विवादमा परेका थिए । सम्पत्ति शुद्धिकरण विभागले शाहको सम्पत्तीबारे छानबिन गरेपनि मुद्दा चलाउन सकेको थिएन । अहिले सीआईबीले‍ उनलाई पक्राउ गरेको हो । स्रोतका अनु्सार शाहको कम्पनीका नाममा अमेरिकाबाट आएको रकम होल्ड भएको समाचार बाहिरिएयता पनि रकम आउन रोकिएको थिएन ।

सीआईबी प्रमुख सुवेदीले गत साउनसम्म शाहका कम्पनीका खातामा अमेरिकाबाट करोडौं रुपैयाँ आइरहेको बताए । ‘साउनयता भने आएको छैन’, उनले भने । अछामको दर्ना–८ का शाहले अमेरिकाबाट आएको रकम वैध स्रोतबाट भएको दावी गर्दै आएका छन् ।

३० प्रतिशत रकम ठगीबाट

सीआईबीले शाहको नाममा रहेका कम्पनीका खातामा आएकोमध्ये करिब ३० प्रतिशत रकम ठगीको भएको पाइएको जनाएको छ । ‘अन्य रकमको स्रोतबारे पनि अनुसन्धान भइरहेको छ। बाँकी रकम पनि आपराधिक गतिविधीबाटै हुन सक्छ’, सीआईबीका एक अनुसन्धान अधिकृतले भने ।

ती अधिकृतका अनुसार अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन–एफबीआईले उपलब्ध गराएको विवरणअनुसार पिडितको बैंक खातामा पहुँच राखेर झिकेको रकम शाहका कम्पनीका नाममा आएको पाइएको छ ।

‘विभिन्न आपराधिक गतिविधीबाट आएको रकम यसरी नेपाल भित्रिएको देखिन्छ । यसमा केही भारतीयसँग पनि शाहको सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, ती अधिकारीले भने ।

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका