जोडिनुहोस
शुक्रबार, अशोज १२, २०८०
शुक्रबार, अशोज १२, २०८०

हालको खबर

  • होमपेज
  • सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न

सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडको  बाह्रौं बार्षिक साधारण सभा  सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.ब. ०७७÷०७८ को बार्षिक प्रतिवेदन लगायत उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुसंग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट आगामी ४ बर्षका लागी संचालकहरुमा संजिव प्रधान, समिर कक्षपति र बसन्त कुमार कटुवाललाई निर्बिरोध निर्वाचित गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनहरुमा बाग्मती प्रदेश कै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागी गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तीमा लागी आवश्यक रणनीतिहरु लिईने जानकारी गराए ।

सभामा प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले शेयरधनीका तर्फबाट उठेका जिज्ञाशाहरुको जवाफ दिनुका साथै बैकको भावी योजना तथा रणनीतिका बारेमा जानकारी गराएका थिए ।

बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका