जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले १ अर्ब ९३ करोड बढी बैंक तथा वित्तमा लगानी गर्दै

राष्ट्र बैंकले १ अर्ब ९३ करोड बढी बैंक तथा वित्तमा लगानी गर्दै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ९३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै बैंकको विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको जानकारी गराएको हो ।

जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र फाइनान्समा ९ करोड ६६ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि चैत १२ गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ ।

यस्तो लगानी २०७९ वैशाख २ गतेदेखि २०८० वैशाख १ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ । मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसैगरी रियल स्टेट कर्जा राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्छ ।

4470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका