जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको ५ महिनाको नाफामा छलाङ्गः पहिलो नबिल बैंक, दोस्रो ग्लोबल आइएमई बैंक, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथो एनआईसी एशिया बैंक

२० वाणिज्य बैंकहरुको ५ महिनाको नाफामा छलाङ्गः पहिलो नबिल बैंक, दोस्रो ग्लोबल आइएमई बैंक, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथो एनआईसी एशिया बैंक

नेपालका २० वाणिज्य बैंकहरुको ५ महिनाको नाफा डर लाग्दो मात्रै छैन । आश्चर्य जनक पनि छ भन्दा अब फरक पर्दैन । ५ महिनाको अवधीमा सवैभन्दा बढि नाफा दक्ष एवं अनुभवी बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना सीइओ रहेको बैंक नबिल बैंक लिमिटेले कमाएको छ । दोस्रोमा पूराना एवं अनुभवी बैंकर रत्न राज्य बज्राचार्य सीइओ रहेको र २ दर्जन भन्दा बढि बैंक र वित्तिय संस्था मर्जर गरेर बनेको ग्लोबल आईएमई बैंक लिमिटेडले नाफा कमाएको छ । तेस्रोमा अनुभवी एव दक्ष बैंकर ज्योति प्रकाश पाण्डे सीइओ रहेको एवं मेगा बैंक संग मर्जर गरि बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नाफा कमाएको भेटिएको छ । चौथोमा सबै भन्दा कान्छा सीइओ रोशन कुमार न्यौपाने रहेको कर्जा र डिपोजिटमा आक्रमकरुपमा अगाडी बढेको एनआईसी एशिया बैंकले नाफा कमाएको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

चालु आर्थिक वर्ष २०८०÷८१ को पाँच महिनामा वाणिज्य बैंकहरूले साढे २८ अर्ब रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्म २० वटा वाणिज्य बैंकले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । भन्दा फरक पर्दैन । ५ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । भन्दा फरक पर्दैन ।

हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख रुपैयाँ नाफा गरेको देखिन्छ । यस्तै, एभरेष्ट बैंकले १ अर्ब ४० करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा गरेका हुन् ।
लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ र कृषि विकास बैंकले ४० करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा गरेको भेटिएको छ । सचेत भया ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका