जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्डले ५ वर्ष अवधिको २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

स्ट्याण्डर्ड चार्टर्डले ५ वर्ष अवधिको २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ वर्ष अवधिको २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। ऋणपत्रमा माघ २६ गतेदेखि आवेदन दिन सकिनेछ।

जारी हुने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ। बाँकी ९ लाख ६० हजार कित्तामध्ये ४८ हजार ऋणपत्र म्युचुअल फन्डको लागि हो।

९ लाख १२ हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ऋणपत्रमा न्युनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। यसको अंकित मूल्य १००० रुपैयाँ छ। अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

ऋणपत्र बापत बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज भुक्तानी गर्नेछ। आवेदन छिटोमा फागुन १ गतेसम्म दिनुपर्नेछ। पर्याप्त आवेदन नपरे म्याद फागुन ११ सम्म लम्ब्याउने बैंकले जनाएको छ।

4465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?