जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रेमिट्यान्स कम्पनीले सहायक कम्पनीमार्फत भुक्तानी सेवा सम्बधी कार्य गर्न पाउने

रेमिट्यान्स कम्पनीले सहायक कम्पनीमार्फत भुक्तानी सेवा सम्बधी कार्य गर्न पाउने

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी वृद्धि गर्दै सहकायक कम्पनी मार्फत भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) को काम गर्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी गर्दै रेमिट्यान्स कम्पनीको न्युनतम चुक्ता पूँजी १० करोड र २५ करोड रुपैयाँ पुर्‍याएको छ । विप्रषणको मात्रै काम गर्ने कम्पनीको चुक्ता पूजी १० करोड कायम गरेको छ भने सहायक कम्पनी स्थापना गरि भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकको काम गर्ने कम्पनीलाई न्युनतम चुक्ता पूँजी २५ करोड कायम गरेको छ ।

‘२५ करोड चुक्ता पूँजी कायम गरेको रेमिट्यान्स कम्पनीले सहायक कम्पनी मार्फत् भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालक सम्बन्धी कार्य र रेमिटान्स कार्ड जारी गरी विप्रेषण कारोबार गर्न सक्नेछन्’ नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ मा भनिएको छ । विगतमा रेमिट्यान्स कार्ड जारी गर्नसक्ने व्यवस्था रहेको भएपनि सहायक कम्पनी मार्फत पीएसपी र पीएसओको काम गर्नसक्ने व्यवस्था भने नयाा आएको हो ।

यस्तै, विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भई विप्रेषणको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले न्यूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नु पर्नेछ । यसअघि यस्ता कम्पनीले न्यूनतम २ करोड रूपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था थियो ।

नयाँ विनियमावली लागू हुनुपूर्व अनुमति लिएका रेमिट्यान्स कम्पनीहरुका लागि राष्ट्र बैंकले २०८५ असारसम्मको समय दिएको छ । जसअनुसार कम्पनीहरुले २०८१ असारभित्र न्यूनतम ३ करोड, ०८२ असारभित्र न्यूनतम ४ करोड, ०८३ असारभित्र न्यूनतम ६ करोड, ०८४ असारभित्र न्यूनतम ८ करोड र ०८५ असारभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन राष्ट्र बैंकले समयसीमा तोकिदिएको छ ।

3325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका