राजस्व अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद सापकोटाले पाएका छन्। सहसचिव सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार राजस्व अनुसन्धान बिभागका महानिर्देशकको जिम्मेवारी दिएको हो।
सोमबार सापकोटाले विभागमा कार्यभार सम्हाल्ने कार्यक्रम तय गरिएको छ।
सापकोटा राजस्व समुहका उपसचिव हुन्। उपसचिव हुँदा सापकोटाले कर कार्यालय पोखरा कास्की, कृष्णनगर कर कार्यालय कन्चनपुर, त्रिभुवन विभानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत भएर काम गरेको अनुभव छ।
सहसचिव भएपछि सापकोटाले साढे २ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरे। यस्तै त्रिवि विमानस्थल भन्सार कार्यालयमा प्रमुखका रुपमा पनि उनले काम गरेका छन्।
उनी पूर्व अर्थमन्त्री जनार्दन शर्माको पालामा ६ महिना भन्सार विभागको महानिर्देशकका रुपमा रहेका थिए। राजस्व अनुसन्धान विभागका महानिर्देशक बन्न बिभागका पूर्व महानिर्देशक झलकराम अधिकारी, पूर्व भन्सार महानिर्देशक कमलप्रसाद भट्टराई लगायतले प्रयास गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले सापकोटालाई रोजेका हुन्।
हालका महानिर्देशक मदन दाहाललाई गत हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएपछि बिभागमा यो पद रिक्त थियो।

सम्बन्धित समाचार
लोकप्रिय समाचार