जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजस्व चुहावटको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

राजस्व चुहावटको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय विभागले राजस्व चुहावटको आरोपमा ६ जना विरुद्ध उच्च अदालत पाटन हेटौंडा ईजलासमा मुद्दा दायर गरेको छ । सिमेन्ट लोड गरिएको ट्रकमा लुकाई छिपाई राखिएको विभिन्न किसिमका २३ पोका कपडाहरु ल्याइए भन्सार महसुल तथा मुल्य अभिवृद्धि कर छली गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नं. ३ बस्ने धर्मराज हरिजन, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ बस्ने श्याम पशुपती ईन्टरप्राईजेजका प्रोपराईटर श्याम बहादुर यादव, मकवानपुर थाहा नगरपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका ४ बस्ने रमेश गोपाली, कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं. ७ बस्ने ईस्तीहाक अहमद, नवलपरासी सरावल गाउँपालिका ४ बस्ने ज्ञान बहादुर श्रेष्ठको श्रीमती बिनुमाया श्रेष्ठ र रुपन्देही बुटवल उपमहानगरपालिका नगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने को अनिल श्रेष्ठ विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

श्याम बहादुर यादव, रमेश गोपाली, अनिल श्रेष्ठ, ईस्तिहाक अहमद र बिनुमाया श्रेष्ठले राजस्व चुहावटको कसूर अपराध गरेको पुष्टी विभागले जनाएको छ । श्याम पशुपती ईन्टरप्राईजेजको विजक नं. ४६ मा उल्लेख गरेको ८७ लाख ८ हजार ७६९ रुपैयाँ र लु १ ख ९५४५ नम्बरको ट्रकबाट बरामद भएको कपडाको बिगो २३ लाख २४ हजार ७१७ लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २(छ१) बमोजिम गणना गरिएको जम्मा एक करोड १० लाख २४ हजार २९ रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।

बुझाउनुपर्ने राजस्व रकमको ब्याज समेत असुल उपर हुन साथै उनीहरु विरुद्ध ८७ लाख ८ हजार ७६९ रुपैयाँ विगो बराबरको मालसामान बरामद नभई कागज मात्र बरामद भएको तर भन्सार चोरी पैठारी गरी राजस्व चुहावट भएको भन्ने अनुसन्धानबाट पुष्टी भएको विभागले जनाएको छ । ८७ लाख ८ हजार ७६९ रुपैयाँ उनीहरुबाट असुल उपर हुन र ट्रक चालक धर्मराज हरिजन विरुद्ध चुहावट भएको बिगो रकम २३ लाख २४ हजार ठ१७ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको छ ।

3680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?