जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका सीइओ शेरचन रिहा, विशेष सरकारी वकिल कार्यालयले भन्यो- थुनामा राख्नु पर्दैन

प्रभु बैंकका सीइओ शेरचन रिहा, विशेष सरकारी वकिल कार्यालयले भन्यो- थुनामा राख्नु पर्दैन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचन रिहा भएका छन्। विशेष सरकारी वकिल कार्यालयको आदेशमा शेरचन हाजिरी जमानीमा रिहा भएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुरमा शेरचनलाई पक्राउ गरेको थियो।

२७ दिनसम्म हिरासतमा राख्दा पनि सीआइबीले अनुसन्धान नसकेकपछि विशेष सरकारी वकिल कार्यालयले थुनामुक्त गर्न भनेको हो।

‘थुनामुक्त गरेर अनुसन्धान गर्न मिल्ने अवस्था देखिएपछि उहाँलाई रिहा गर्ने आदेश भएको हो,’ विषेश सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता सरिता पोखरेलले भनिन्।

अहिले सीआइबीमा रिहाको लागि प्रकृया भइरहेको छ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका