जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सामसङको ग्यालेक्सी एस २४ सिरिज मोबाइलबाट ‘एआइ’ युगको शुरुवात, यस्ता छन् विषेशता

सामसङको ग्यालेक्सी एस २४ सिरिज मोबाइलबाट ‘एआइ’ युगको शुरुवात, यस्ता छन् विषेशता

स्मार्ट फोन अग्रणी कम्पनी सामसङले नेपालमा पनि नयाँ ग्यालेक्सी एस २४ सिरिजअन्तर्गत मोवाइल सार्वजनिक गरेको छ । यो सिरिजसँगै सामसङले एआईको नयाँ युग सुरुआत भएको औपचारिक घोषणासमेत गरेको छ ।

माघ ३ गते भएको ग्लोबल अनप्याकपछि यो घोषणा गरिएको हो । शुक्रबार काठमाडौंको मेरियट होटलमा भएको अनप्याक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले सामसङ मोवाइलमार्फत विश्वसँग अन्तरक्रिया गर्ने तरिकामा ठूलो परिवर्तन आएको बताए ।

कार्यक्रममा सामसङ नेपालका निर्देशक स्थापित र २०१८ का मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले संयुक्त रुपमा नयाँ ग्यालेक्सी एस २४ सिरिज मोवाइलको अनावरण गरेका थिए ।

‘ग्यालेक्सी एस २४ साँच्चै नै भविष्यको फोन हो । सामसङ ग्यालेक्सी एआइको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिएका छौं,’ निर्देशक स्थापितले भने, ‘ हाम्रो पहिलो एआइ सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्नेछ । आज हामी एउटा नयाँ अध्यायको सुरुआत गरेका छौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधा हुने छैन ।’

ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनले उपलब्ध गराउने एक्सपिरिएन्स जोनमार्फत कार्यक्रममा उपस्थित अतिथिहरूले नयाँ युगको अनुभव गर्ने विशेष अवसर प्राप्त गरेका थिए ।

कनेक्ट हुने नयाँ तरिका : भाषा अवरोधहरू तोड्दै

ग्यालेक्सी एआईले नवीन एआई सुविधाहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस २४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्दछ ।

यो सुविधाले अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ ।

ग्यालेक्सी एआई अत्यधिक सुरक्षित छन । किनभने यसले बाह्य क्लाउड प्रणालीहरूमा भर नपरि फोनमा नै सञ्चालन गर्दछ ।
ग्यालेक्सी एस २४ सिरिज दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बिषयलाई कार्यक्रममा उजागर गरिएको थियो । बाटो हराएर दिशाहरू सोध्ने वा रेस्टुरेन्टमा खाना अर्डर गर्नेको लागि होस्, यो फोन प्रयोगकर्ताले आफ्नै व्यक्तिगत अनुवादकको रूपमा काम गर्न सक्छ ।

साथै प्रयोगकर्ताले टेक्स्ट पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गर्ने सुविधा यसमा छ । यसले गर्दा प्रयोगकर्तालाई सजिलै बोल्न सक्ने भाषामा साथीहरूसँग टेक्स्ट गर्न सहयोग प्रदान गर्छ ।

ट्रान्सक्रिप्ट असिस्टको साथ प्रयोगकर्ताहरूले रेकर्ड गरिएका कुराकानीको छोटो सारांशहरू सिर्जना गर्न र साझेदारी गर्न सक्ने छन् । मिटिङहरूमा व्यवस्थित रहन नोट असिस्ट प्रयोग गर्न सक्छन् । नयाँ एन्ड्रोइड अटो सुविधाले चालकहरूलाई सुरक्षित रूपमा नेभिगेट गर्ने र उनीहरूको मन पर्ने मिडिया पाउन र जता हुँदा पनि जहिले पनि कनेक्टेड रहन सुविधा प्रदान गरेको छ ।

खोज गर्ने नयाँ तरिका

प्रयोगकर्ताका लागि सहज रूपमा आफ्नो फोनमा कुनै पनि बिषयको लागि सरल इशारामा र एपहरू स्वीच अन नगरीकन खोज्ने नयाँ तरिका हो, सर्कल टु सर्च ।

नवीन खोज गर्ने सुविधाको साथमा ग्यालेक्सी एस २४ सिरिजका प्रयोगकताको व्यक्तिगत जानकारी पनि सुरक्षित गरिएको छ । गुगलको साथमा सामसङले प्रयोगकर्तालाई खोज प्रक्रियालाई पूर्ण पारदर्शिता र पूर्ण नियन्त्रण प्रदान गर्दै अझ सुरक्षित बनाउन यो उपकरण विकास गरिएको हो । एडभान्स इन्टेलिजेन्स सेटिङ अन्तर्गत प्रत्येक प्रयोगकर्ताले आफूले अनलाइन प्रशोधन र एआइको पूर्ण कार्यक्षमतालाई अनुमति दिने वा नदिने निर्णय गर्न सक्ने छन् ।

सिर्जना गर्ने नयाँ तरिकाहरूः परिष्कृत क्यामेरा सुविधाहरूको साथ कन्टेन्ट सिर्जना बढाउँदै

ग्यालेक्सी एस २४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआईउपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताको सिर्जनात्मक स्वतन्त्रतालाई अत्यधिक सुविधा प्रदान गरेको छ ।

ग्यालेक्सी एस २४ अल्ट्रासँग लोकप्रिय के–पॉप ग्रुप टुमरो एक्स टुगेदर टीएक्सटीको कन्सर्ट भिडियो पनि प्रोडक्ट ब्रिफिङको क्रममा देखाइएको थियो ।

ग्यालेक्सी एस २४ सिरिजको साथमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सोशल मिडिया एपहरुमा ग्यालेक्सीको नेटिभ क्यामेरा अनुभवको फाइदा लिन सक्ने छन । एआइको शक्ति फोटोमा मात्र सिमित नभई भिडियोमा पनि फैलिएको छ । जहाँ प्रयोगकर्ताले कुनै पनि भिडियो सिर्जना गर्न र हेर्न सक्नेछन् ।

सोहि भिडियो एकै समयमा अगाडि र पछाडिको क्यामेराहरू प्रयोग गरी ४ के भ्लगहरू सिर्जना गर्न डुअल रेकर्डिङ प्रयोग गर्न सक्नेछन् । ग्यालेक्सी एस २४ सिरिज भएका सबै प्रयोगकर्ताले अतिरिक्त उपकरणबिना गुणस्तरीय भिडियो बनाउन सक्नेछन् ।

क्विक शेयर र ग्यालेक्सीको फाइल साझेदारी सुविधा पनि विकसित गरिएको छ । गुगलसँगको साझेदारी मार्फत प्रयोगकर्ताले अब सजिलैसँग सबै एन्ड्रोइड उपकरणहरू र विन्डोज पीसीहरूमा फाइलहरू साझेदारी गर्न सक्छन् ।

खेल्ने नयाँ तरिकाहरू : शक्तिशाली प्रदर्शन मार्फत मोबाइल गेमिङ अनुभव

नवीनतम एआइ सुविधाले अत्याधुनिक चिप प्रविधिको प्रयोग गर्दछ । त्यसैले ग्यालेक्सी एस २४ सिरिज ग्यालेक्सीको क्वाल्कम स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म र सामसङको एक्सीनोस २४०० बाट सुसज्जित छ ।

योसँग डिभाइसले अझ इमर्सिभ गेमिङ अनुभवको लागि रे ट्रेसिङ मोड्युलको साथमा उच्च र दु्रत गतिमा गेमप्लेको सुविधा प्रदान गरेको छ ।

ग्यालेक्सी एआइको कारण ग्यालेक्सी एस २४ सिरिजको ब्याट्री कार्यसम्पादन निरन्तर अप्टिमाइज गरिएको छ । लामो समयसम्म टिक्ने ब्याट्रीलाई जीवनसँग जोड्दा प्रयोगकर्ताले अतिरिक्त लामो समयसम्म गेमिङ सत्रको आनन्द लिन सक्नेछन् ।

ग्यालेक्सी एस २४ अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियमको प्रयोग गरेको छ । अहिलेसम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेनसँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्ले र बेजेलहरू सहितको थप जीवन्त र टिकाउ स्क्रिन जडान गरिएको छ ।

एडभान्सड सुरक्षा र गोपनीयता

पूर्ण जानकारी सुरक्षित गर्न र इण्ड टु इण्ड सुरक्षित हार्डवेयरको लागि ग्यलाक्सी एस २४ मा सामसङ नक्स जडान गरिएको छ । यसले रियल–टाइम खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध अतिरिक्त सुरक्षा प्रदान गर्छ ।

ग्यालेक्सी एस २४ प्रयोगकर्ताले आफ्नो डेटालाई ए आई अनुभव वृद्धि गर्न कति अनुमति दिन्छन् भन्ने कुरामा एडभान्स्ड इन्टेलिजेन्स सेटिङमार्फत पूर्ण नियन्त्रण गर्न सक्छन् ।

ग्यालेक्सी एस २४ नक्स भल्ट, सेक्युरिटी र प्राइभेसी ड्यासबोर्ड, अटो ब्लकर, सेक्योर वाइफाइ, प्राइभेट सेयर, मेन्टिनेन्स मोडलगायतका सुविधाका कारण यो निक्कै सुरक्षित मानिएको छ ।

दिगोपन

ग्यालेक्सी एस २४ सिरिजले उत्पादनको जीवनचक्र विस्तार गर्ने सामसङले प्रतिबद्धता जनाएको छ । यसले प्रयोगकर्तालाई अझ लामो समयसम्म आफ्ना उपकरणहरूको अनुकूलित कार्यसम्पादनलाई विश्वसनीय रूपमा अनुभव गर्न सात जेनेरेसनका ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटहरू प्रदान गरेको छ ।

मूल्य र उपलब्धता

सार्वजनिक भएको ग्यालेक्सी एस २४ शृङ्खलाका लागि प्रि–बुक खोलिएको छ । सामसङले एनसेलसँग सहकार्य गरी पहिलो ५०० ग्राहकहरुलाई प्रिमियम सीम प्रदान गरेको छ । सबै प्रि–अर्डरहरू घोषणा भएको ३ दिन भित्र बुक गरिएको थियो । यो डिभाइस माघ २४ गतेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई शुन्य प्रतिशत व्याज दरमा सजिलो ईएमआइ सुविधाअन्तर्गत पनि प्राप्त गर्न सकिन्छ । सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्सको सुविधा पनि उपलब्ध गराएको छ । स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।

440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?