जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सीइओहरुको डरलाग्दो कमाईः सञ्चालकको चुलोमा ?

सीइओहरुको डरलाग्दो कमाईः सञ्चालकको चुलोमा ?

नेपालका २८ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको तलब भक्ता सुन्दा पत्याउदै गाह्रो तर यथार्थमा यो सत्य सावित बन्दै गएको छ ।  ८ अर्ब चुक्ता पूँजी भएका २८ वाणिज्य बैंकका सीइओहरुको तलब हेर्दा हजार होइन लाख होइन करोडको देखिन्छ । गरिब नेपाली जनताको १÷१ पैसा खाई नखाई जम्मा गरेको डिपोजिटबाट १ वर्षका करिब २ करोड माथी तलब भत्ता लिने, महँगा करोड भन्दा बढि मुल्यका गाडी चढ्ने सीइओहरुको कथा मिठो मात्रै छैन आश्चर्यजन पनि छ ।

कर्जा प्रवाह देखि गार्ड नियुक्ति सम्म पनि कमिशन लिने बैंकका सीइओ र विभागीय प्रमुखहरुको सम्पत्ति छानविनको चर्चा चलिरहेको बेला आधा दर्जन वाणिज्य बैंकका सीइओहरुको कमाई बैंकहरुकै वार्षिक प्रतिवेदनमा सार्वजनिक भएको छ ।

सुन्दा पनि अचम्म लाग्ने ललिता निवासको सरकारी जग्गा धितो राखी भू–माफियाहरुले बैंकका सीइओ र कर्जा विभाग प्रमुखलाई मोटो कमिशन दिएर पैसा लगेको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग स्रोतको दाबी छ । सीइओ र विभागीय प्रमुखहरुको सम्पत्ति छानवीन भइरहेको खुलेको छ । जानीजानी ठूला भनिएका ४÷५ वटा बैंकले ललिता निवासको सरकारी जग्गा धितो राखी पत्याउनै गाह्रो हुने गरि कर्जा प्रवाह गरेको भेटिएको छ ।

एउटा बैंकले त ६ आना जग्गा (७ करोड मुल्यको जग्गाको) २६ करोड कर्जा दिएको समेत सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा पुगेको छानवीनको फाइलबाटै देखिन्छ ।

बैंकहरुमा रिक्स छ । नाफा नकमाए जागिर जाने डर पनि छ सीइओहरुमा । यति भन्दैमा जथाभावी कर्जा दिने कमिशन लिने र सो कमिशन सञ्चालकहरुको चुलोसम्म पु¥याउने प्रवृत्तिको अव अन्त्य हुनु पर्दछ एक पूर्व सीइओले राजतिलक साप्ताहिकसंग बताए ।

उनीले नाम नलेख्ने शर्तमा भनेः– यति सम्मकी हैसियत नै नभएको मान्छेलाई सीइओ बनाउने र उनीको मंहगो तलबको २५÷३० प्रतिशत घुमाउरो पाराबाट बैंक सञ्चालकहरुले लिने गर्दछन् । तर, कर सीइओकै नामबाट तिर्नु पर्दछ । यसको अन्त्य हुनु जरुरी छ । उनीले दाबी गरे ।
पूराना बैंकर बैंक अफ काठमाण्डूका सीइओ शोभन देव पन्त देखि एनआईसी एसिया बैंकका कान्छा सीइओ रोशन न्यौपानेको तलब हाराहारीकै छ । केही प्रतिशत मात्रै कम छ ।

बैंकले प्रगति कत्ति ग¥यो । लगानीकर्तालाई कति प्रतिफल दिए । त्यो प्रस्टै छ । तर आफ्नो हात जगन्नाथ भनेझै एशियाकै महंगो सीइओ नेपालमै पाइन्छ ।

नेपालका अधिकाशं बैंकहरुले कागजी नाफा बनाउने, पूरानो कर्जालाई नयाँमा परिणत गर्ने र नियमक निकायका उच्च कर्मचारीहरुलाई भित्री रुपमा सबै चिज पु¥याउने र उन्मुक्ती पाउने गरेको ती सीइओले बताए ।

उनीले भनेः– दशैं र तिहारमा त बैंकका गिफ्ट र हुस्कीका बोतल, खाम बन्दी पैसा, राष्ट्र बैंकका हाकिमलाई पु¥याउन बैंकका सीइओ र तीनका कालिन्दारको लर्कोनै हुन्छ । यो कस्तो बैकिङ्ग हो यसको अन्त्य पनि अब हुनु जरुरी छ नि ।

यतिसम्मकी एउटा आफुलाई ठूलो भन्ने बैंकले त डिपुटी गर्भनर र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको घरमै गएर फाइल सदर समेत गरेको खुलेको छ । यी यस्ता प्रवृत्तीको अन्त्य नभए नेपालको बैंकिङ्ग फेरि तहस नहस नहोला भन्न सकिन्न । एक राष्ट्र बैंककै उच्च अधिकृतले राजतिलक साप्ताहिकसंगको भेटमा बताए । यति मात्रै होइन समूहले चलाएका बैंकका बदमासी सीइओले ढाकछोप गर्नु पर्दैन् । अध्यक्ष नै राष्ट्र बैंक पुगेर सबै मिलाई दिने गर्दछन् । ती अधिकारीले दाबी गरे ।

४ वर्षको लागि करारमा नियुक्त भएको वाणिज्य बैंकका सीइओहरुले डरलाग्दो तलब भत्ता लिनु कति उचित होला यसको खोजी गर्ने बेला अब सुरु भएको छ । हालै सार्वजनिक भएको वाणिज्य बैंकका ६ जना सीइओहरुको तलब भत्ता डरलाग्दो देखिन्छ ।

बैंक अफ काठमाण्डू लिमिटेडका सीइओ शोभन देव पन्तले १ वर्षमा २ करोड ३२ लाख, सानिमा बैंक्का सीइओ भुवन कुमार दाहालले २ अर्ब ८ लाख, कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले २ करोड १४ लाख, एनआईसी एशिया बैंकका सबैभन्दा कान्छा सीइओ रोशन न्यौपानेले २ करोड १३ लाख, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले १ करोड १७ लाख र सिटिजन्स इन्टरनेशनल बैंकका सीइओ गणेश राज पोखरेलले ९२ लाख १२ हजार तलब भत्ता लिएको उनीहरुकै बैंकद्वारा प्रकाशित वार्षिक प्रतिवेदनमै उल्लेख गरिएको छ ।

अर्को कुरा के पनि छ भने विओकेका तत्कालीन सीइओ अजय श्रेष्ठ जेलमा छन् । उनीले पनि यस्तै तलब भत्ता लिएका थिए होला । सरकारलाई ३०÷३५ प्रतिशत कर पनि तिरेका थिए होला । तर, सानो गल्तीले जेल पु¥याएको छ । ४ वर्षको करार अवधिमा जनताको डिपोजिटबाट महंगो र डरलाग्दो तलब लिनेहरुले बुझे हुन्छ । अब जनताहरु चलाख भएका छन । औकात हेरेर तलब लिउ । नाफाको प्रतिफल बनाएर तलब लिउ बैंकमा जनताको ९० प्रतिशत डिपोजिट छ कि कसो ? यति डरलाग्दो तलब लिने सीइओहरुले कति लाभाश दिए लगानीकर्तालाई त्यो पनि हेर्नुपर्दछ कि पर्दैन ?

बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश दिने भएको छ । उसले ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कुमारी बैंकले १० प्रतिशत बोनस सेयर दिँदैछ । असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको थियो ।

सिटिजन्स बैंकले १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी १५ प्रतिशत लाभांश लगानीकर्तालाई लाभाशं दिने भएको देखिन्छ ।
आफुलाई नेपालको ठूलो शाखा सञ्जाल र कर्मचारी भएको बैंक बताउँदै आएको एनआइसी एसिया बैंकले २१.०५ प्रतिशत लाभांश पारित गरेको छ । बैङ्कको साधारण सभाले ११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१.०५ प्रतिशत लाभांश दिने भएको देखिन्छ ।
सानिमा बैंकले २१.०५ प्रतिशत लाभांश दिने भएको छ । असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

माछापुच्छ्रे बैङ्कले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश अनुमोदन गरिसकेको देखिन्छ ।
झट्ट हेर्दा नाफा कमाएर लगानीकर्तालाई केही भएपनि दिएको देखिएका यी ६ बैंकका मंहगा सीइओहरुको कथा र बेथा आफ्नै होला । तर, जनताको डिपोजिटमा यति धेरै तलब लिनु उचित चाहि होइन । सरकारी तीन वटा बैंकका सीइओहरुले मासिक २÷३ लाख तलब बुझेर बैंक हाँकेका छन् । प्राइभेट बैंक भन्दा बढि नाफा कमाएका पनि छन् । सचेत भया । राजतिलक साप्ताहिकबाट 

15540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?