जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • १ महिनामा मुक्तिनाथका ५ सामाजिक काम 

१ महिनामा मुक्तिनाथका ५ सामाजिक काम 

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले भदौ महिनामा सामाजिक उत्तरदायित्व अन्र्तरगत ५ सहयोगमूलक कार्यक्रम गरेको छ । 

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनल प्रा. लि. लाई सहयोग गरेको छ । कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा आराम कुर्र्सीहरुको अभाव भएको हँुदा ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय—कास्कीलाई हस्तानतरण गरेको छ । 

बालबालिकाको शिक्षामा टेवा पुराउनका निमित्त रेश्ट फाउन्डेसन अन्तर्गगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिका लागि चाहिने किताबको दराजको निमार्ण ४० हजार सहयोग गरिएको बैंकले जनाएको छ । 

बैंकले भैसेपाटीस्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । 

आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका २२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपणका लागि ५० हजार सहयोग गरेको छ 

2515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका