जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंक, लुम्बिनी विकास र साना किसानले डाके साधारण सभा

एनएमबि बैंक, लुम्बिनी विकास र साना किसानले डाके साधारण सभा

एनएमबि बैंक, लुम्बिनी विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेका छन्।

लुम्बिनी विकास बैंकले पुस २६ गते सभा डाकेको छ। सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्ने छ। त्यसपछि पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ नाघ्ने छ। सभाले मर्जर तथा प्राप्तिको एजेण्डालाई त्यागेको छ।

साना किसानले १५ प्रतिशत लाभांश पारित गर्दैछ। संस्थाले पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ। यसमध्ये १४.२५ प्रतिशत बोनस सेयर हो।

सभाले संस्थापक सेयरधनीबाट चार जना र साधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गर्ने छ।

यसैगरी एनएमबि बैंकले पुस २६ गते वार्षिक साधारण सभा डाकेको छ। यसपालि सञ्चालक चयन र नियमित एजेण्डा छन्। लाभांश एजेण्डा छैन।

सभाले २ जना संस्थापक सेयरधनीबाट सञ्चालक चयन गर्ने छ। तीन जना साधारण सेयरधनीबाट सञ्चालक चयन गर्ने छ।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?