जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको आम्दानी घटे पनि नाफा ३९ प्रतिशतले वृद्धि

कृषि विकास बैंकको आम्दानी घटे पनि नाफा ३९ प्रतिशतले वृद्धि

खुद ब्याज आम्दानी घटे पनि कृषि विकास बैंकको नाफा ३९.२५ प्रतिशत बढेको छ। बैंकले गत आर्थिक वर्ष ३ अर्ब ९ करोड खुद नाफा कमाएको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले ८ अर्ब खुद ब्याज आम्दानी गरेको छ। जुन पोहोरभन्दा ३.३ प्रतिशत कम हो। बैंकको स्प्रेड दर घटेर ३.९४ प्रतिशतमा ओर्लिएको छ।

नाफा बढे पनि वितरणयोग्य मुनाफा भने ४३ प्रतिशत साँघुरिएको छ। असारसम्म यस्तो नाफा २ अर्ब रुपैयाँ छ। जस अनुसार गत आर्थिक वर्षका लागि १९.८९ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

यही अवधिमा बैंकको कर्जा विस्तार सुस्तायो। जुन पोहोरभन्दा ०.९३ प्रतिशत कम छ। बैंकको निक्षेप १९.७५ प्रतिशत बढेको छ।

बैंकको खराब कर्जा बढेर २.४८ प्रतिशत पुगेको हो। ९१ करोड ९१ लाख बैंकले प्रोभिजनिङलाई छुट्याएको छ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?