जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन सगरमाथा लुम्बिनीको आग्रह

दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन सगरमाथा लुम्बिनीको आग्रह

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनीले लामो समयदेखि लिन बाँकी रहेको दाबी भुक्तानी बुझिलिन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आवश्यक कागजपत्र संकलन गरी ३५ दिनभित्र कम्पनीमा पेश गर्न आग्रह गरेको हो । कम्पनीले जारी गरेको बीमालेखमा दाबी गरी भुक्तानी हुन काँकी रहेका बीमितहरुलाई आवशयक कागजात संकलन गरी कम्पनीमा बुझाई दाबी लिन आग्रह गरेको हो ।

कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्सबाट जारी भएका बीमालेख अन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई सूचनामार्फत आवश्यक काजगातहरु बुझाउन आग्रह गरेको हो ।

कम्पनीबाट बारम्बार ताकेता गर्दा पनि नबुझाएका कागजातहरु सूचना जारी भएको मितिबाट ३५ दिन भित्र आफुले बीमा गरेका कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क राखि बुझाउन बांकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीले तोकिएको ३५ दिनभित्र पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दाबी फाईल बन्द भई तामेलीमा जाने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

1100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका