जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जीवन र निजीवन बीमा कम्पनीहरु भित्र डरलाग्दो कमिशन र बोनसको खेल, अभिकर्तालाई ६ अर्ब कमिशन, कर्मचारीलाई ५० करोड बोनसः बीमा प्राधिकरण बेखबर ?

जीवन र निजीवन बीमा कम्पनीहरु भित्र डरलाग्दो कमिशन र बोनसको खेल, अभिकर्तालाई ६ अर्ब कमिशन, कर्मचारीलाई ५० करोड बोनसः बीमा प्राधिकरण बेखबर ?

नेपालका जीवन र निजीवन बीमा कम्पनीहरुले अभिकर्ता (एजेन्ट)हरुलाई कति कमिशन दिन्छ । त्यो थाहा नहुन सक्दछ । सर्वसाधारण जनता र आम पाठकहरुमा । त्यस्तै बीमा कम्पनीका कर्मचारीहरुलाई कति बोनस दिइन्छ । त्यो पनि आम जनतालाई थाहा नहुन सक्दछ । यसै सेरोफेरोमा रहेर यी बीमा कम्पनीहरुका मुख्य पात्र (एजेन्ट) अभिकर्ता र कर्मचारीले पाउने कमिशन र बोनसका बारेमा हामीले खोज मुलक सामाग्री तयार पारेका छौं ।
भनिन्छ जीवन र निजीवन बीमा कम्पनीहरुले करिब ६ अर्ब भन्दा बढि रकम अभिकर्ता (एजेन्ट)हरुलाई कमिशन मात्रै दिँदै आएको खुलासा भएको छ । यस्तै जीवन कम्पनीहरुले करिब ५० करोड रकम कर्मचारीलाई बोनस बाँड्दै आएको डरलाग्दो तथ्य फेला परेको छ । बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब रुपैयाँ भन्दाबढि खर्च गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नै देखिएको यो तथ्याङ्क हो भन्दा फरक पर्दैन ।

उक्त वित्तीय विवरण अनुसार पुस मसान्तसम्म कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब ४७ करोड ९७ लाख ७५ हजार रुपैयाँ बराबरको रकम खर्च गरेका हुन् । सो रकम जीवन र निर्जीवन बीमा कम्पनीहरुले गरेको अभिकर्ता कमिशन वापत गरेको खर्चमा देखाइएको छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब २० करोड २९ लाख ४५ हजार रुपैयाँ गरेका छन् । त्यस्तै, निजीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म अभिकर्ता कमिशनका लागि २७ करोड ६८ लाख ३० हजार रुपैयाँ खर्च गरेका डरलाग्दो तथ्याङ्क फेला परेको छ । नेपालमा १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये अभिकर्ता कमिशनका लागि सर्वाधिक खर्च गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले चालु आवको पुस मसान्ससम्म अभिकर्ता कमिशनका लागि एक अर्ब ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ । बीमा प्राधिकरणका अध्यक्षज्यू । त्यस्तै यस अवधिमा युनियन लाइफ इन्स्यारेन्सले अभिकर्ता कमिशनका लागि ३९ करोड ७९ लाख ४३ हजार रुपैयाँ, एशियन लाइफले ३५ करोड १९ लाख २२ हजार रुपैयाँ, सिटिजन लाइफले ३४ करोड २७ लाख ९२ हजार, आईएमई लाइफले २२ करोड ४६ लाख ३१ हजार रुपौयँ खर्च गरेको भेटिएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार प्रभु लाइफ इन्स्यारेन्सले अभिकर्ता कमिशनका लागि १४ करोड ७० लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफले २५ करोड ७७ लाख ३४ हजार रुपौयँ, रिलायन्स लाइफले १८ करोड ४१ लाख १२ हजार रुपैयाँ र गुँरास लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनका लागि १४ करोड २६ लाख ७ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । त्यसैगरी पुस मसान्तसम्म अभिकर्ता कमिशनका लागि नेशनल लाइफ इन्स्योरेन्सले ७३ करोड ९३ लाख ४६ हजार रुपैयाँ, लाइफ इन्स्यारेन्स कर्पोरशन (एलआइसी) ले ७१ करोड १८ लाख ७९ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्यारेन्सले १७ करोड ३१ लाख १७ हजार रुपैयाँ, मेट लाइफले २३ करोड १६ लाख ८८ हजार रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० करोड ९३ लाख ४३ हजार रुपौयँ खर्च गरेको देखिन्छ । उक्त वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म अभिकर्ता कमिशनका लागि सानिमा लाइफले १४ करोड ६१ लाख ८ हजार रुपैयाँ, सन नेपाल लाइफले १६ करोड ५१ लाख ९८ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ९ करोड १३ लाख १८ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफले २४ करोड ८० लाख ७६ हजार रुपैयाँ बराबरको रकम खर्च गरेको भेटिएको छ ।
नेपालमा सञ्चालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुमा अभिकर्ता कमिशनका लागि पुस मसान्न्तसम्म एनएलजी इन्स्योरेन्सले २ करोड ५७ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, यस अवधिमा प्रुडेन्सियल इन्स्योेरेन्सले एक करोड ७० लाख २३ हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले एक करोड ३५ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ७८ लाख ९७ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक करोड १३ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ ।

वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म अभिकर्ता कमिशनका लागि सानिमा लाइफले १४ करोड ६१ लाख ८ हजार रुपैयाँ, सन नेपाल लाइफले १६ करोड ५१ लाख ९८ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ९ करोड १३ लाख १८ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफले २४ करोड ८० लाख ७६ हजार रुपैयाँ बराबरको रकम खर्च गरेको भेटिएको छ । नेपालमा सञ्चालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुमा अभिकर्ता कमिशनका लागि पुस मसान्न्तसम्म एनएलजी इन्स्योरेन्सले २ करोड ५७ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्म सगरमाथा इन्स्यारेन्सको १ करोड ९२ लाख ६७ हजार रुपौयँ, सानिमा जीआईसीले एक करोड ४२ लाख ६० हजार रुपैयाँ, युनाइडेड इन्स्योरेन्सले एक करोड ३९० लाख २९ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले २ करोड ८९ लाख ४ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २ करोड ८४ लाख ८२ हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ करोड ५ लाख ४५ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । त्यस्तै, पुस मसान्तसम्म अभिकर्ता कमिशनका लागि अजोड इन्स्योरेन्सले २ करोड ५ लाख २ हजार रुपैयाँ, आईएमई जनरल इन्सयरेन्सले एक करोड ३८ लाख ८३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड १६ लाख ३१ हजार रुपैयाँ, प्रिमियर इन्स्योरन्सले एक करोड ३६ लाख ८९ हजार र सिद्धार्थ इन्स्योरेन्सले एक करोड ४३ लाख ६४ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ । यो डरलाग्दो कमिशनको खेल हो भन्दा फरक पर्दैन । यस्तै जीवन बीमा कम्पनीका कर्मचारीले पाउने बोनस रकम ७०.१५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको नाफाबाट जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि ३६ करोड रुपैयाँ भन्दा धेरै रकम छुट्याएको भेटिएको छ ।

पुस मसान्तसम्म अभिकर्ता कमिशनका लागि अजोड इन्स्योरेन्सले २ करोड ५ लाख २ हजार रुपैयाँ, आईएमई जनरल इन्सयरेन्सले एक करोड ३८ लाख ८३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ४१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड १६ लाख ३१ हजार रुपैयाँ, प्रिमियर इन्स्योरन्सले एक करोड ३६ लाख ८९ हजार र सिद्धार्थ इन्स्योरेन्सले एक करोड ४३ लाख ६४ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ । यो डरलाग्दो कमिशनको खेल हो भन्दा फरक पर्दैन ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीले आर्जन गरेको मुनाफाबाट कर्मचारी बोनस व्यवस्थाका लागि ३६ करोड २ लाख ३७ हजार रुपैयाँ छुट्याएका हुन् । जुन गत आवको यसै अवधिको तुलनामा ७०.१५ प्रतिशत भन्दा बढि देखिएको छ । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपी बीमाङ्कीय मूल्याङ्कन अघिको वित्तीय विवरणलाई आधार मानेर हेर्दा सबै जीवन बीमा कम्पनीको नाफा बढेको देखिन्छ । सबै कम्पनीहरुको नाफा बढेसँगै कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम समेत बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्दा कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम ०.२६ प्रतिशतदेखि ३४०.९३ प्रतिशतसम्मले बढेको छ । भन्दा फरक पर्दैन ।

सर्वाधिक नाफा कमाउने सूचीमा परेका सन नेपाल लाइफ र नेपाल लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम समेत धेरै प्रतिशतले बढाएका छन् । चालु आवको ६ महिनामा कर्मचारी बोनसका लागि धेरै रकम नेपाल लाइफले छुट्याएको छ । इन्स्योरेन्सले यस अवधिमा ५ करोड ९४ लाख ६८ हजार रुपैयाँ छुट्याएको हो । समीक्षा अवधिमा कम्पनीका कर्मचारीले पाउने बोनस १६९.४९ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड २० लाख ६७ हजार रुपैयाँ छुट्याएको थियो । नेपाल लाइफपछि सन नेपाल लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि ३ करोड ९३ लाख ३१ हजार रुपैयाँ छुट्याएको छ । समीक्षा अवधिमा सन नेपालको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम ३४०.९३ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा प्रभु लाइफको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम १०७.२१ प्रतिशतले बढेर १ करोड ४२ लाख ५२ हजार रुपैयाँ, रिलायन्स लाइफको ११९.३७ प्रतिशतले बढेर १ करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा इन्स्योरेन्सले कर्मचारी बोनस व्यवस्थाका लागि ८९ लाख २० हजार रुपैयाँ मात्रै छ्ट्याएको थिाये । यस अवधिमा कर्मचारी बोनस व्यवस्थाका लागि सूर्याज्योतिले ३ करोड १५ लाख ७७ हजार रुपैयाँ, नेशनल लाइफले २ करोड ९० लाख ४९ हजार रुपैयाँ, एशियन लाइफले २ करोड १२ लाख ५३ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफले २ करोड २० लाख रुपैयाँ छुट्याएका छन् । यस्तै, समीक्षा अवधिमा प्रभु लाइफको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याईने रकम १०७.२१ प्रतिशतले बढेर १ करोड ४२ लाख ५२ हजार रुपैयाँ, रिलायन्स लाइफको ११९.३७ प्रतिशतले बढेर १ करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । मेट लाइफले यस अवधिमा कर्मचारी बोनस व्यवस्थाका लागि १ करोड ८६ लाख, आइएमई लाइफले १ करोड ३० लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ३३ लाख रुपैयाँ, सानिमा लाइफले १ करोड २९ लाख रुपैयाँ, यूनियन लाइफले १ करोड ४ लाख ६१ हजार रुपैयाँ, प्राइम लाइफले १ करोड ९४ लाख रुपैयाँ र एलआइसी नेपालले १ करोड ५३ लाख रुपैयाँ छुट्याएका छन् । सचेत भया ।

1205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका