जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा : ९ मिनेटको कारोबारमा १११ अंकले बढ्यो नेप्से सुचक 

मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा : ९ मिनेटको कारोबारमा १११ अंकले बढ्यो नेप्से सुचक 

चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा देखिएको छ । जसको प्रभाव स्वरुप मौद्रिक नीति समिक्षा पछि खुलेको पहिलो कारोबारमा नेप्सेमा लगातार सर्किट लाग्दै बजार बन्द भएको छ ।

आइतबारको प्रि ओपन सेसनमा नै १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नै पहिलो सर्किट लागेको थियो । अर्थात कारोबार खुलेको ५ मिनेटमा नेप्से ४ प्रतिशतले बढेको थियो ।

त्यसपछि २० मिनेट कारोबार रोकिएर खुलेको २ मिनेटमा नै नेप्से ५ प्रतिशतले बढेको छ । नेप्से ५ प्रतिशतले बढेसँगै ११ बजेर २७ मिनेटमा दोस्रो सर्किट लाग्यो । दोस्रोे सर्किटपछि ४० मिनेट कारोबार बन्द भयो । त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार १२ बजेर ९ मिनेटमा नै ६ प्रतिशतले बढेपछि आजका लागि तेस्रो सर्किट लाग्दै कारोबार रोकिएको छ ।

आज जम्माजम्मी ९ मिनेटको कारोबारमा नेप्से १११ अंकले बढ्यो । नेप्से सुचक १११.२० अंकले बढेर आज १ हजार ९ सय ६३.९८ को बिन्दुमा बजार बन्द भएको छ ।

शुक्रबार केन्द्रिय बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा ब्याजदर घट्ने नीति लिंदै नीतिगत दरहरु घटाएको छ । त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति अख्तियार गर्दै शेयर कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट १२५ मा झारिएको छ ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका