जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंकिङ क्षेत्रमाथी चौतर्फी घेराबन्दी, कर्जा नतिर्ने रणनीतिः राष्ट्र बैंक बेखबर

बैंकिङ क्षेत्रमाथी चौतर्फी घेराबन्दी, कर्जा नतिर्ने रणनीतिः राष्ट्र बैंक बेखबर

नेपालमा अहिले राजनीतिक परिर्वतन, मूल्यबृद्धिको विरोधको नारा जुलुस र आन्दोलन छैन । छ त बैंक र वित्तिय संस्था बिरुद्ध भन्दा अब फरक पर्दैन । बैंक र वित्तिय संस्थहरुबाट कर्जा लिएर अर्वपति बनेका उद्योगी र व्यापारी नै सडकमा बैंक र वित्तिय संस्था बिरुद्ध उत्रिनु अराजकताको पराकाष्ट हो भन्दा फरक पर्दैन । हेक्का होस् । उद्योगी व्यवसायीहरु यतिबेला बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आफूहरुमाथि बैंकवित्तले ज्यादती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । गत शुक्रबार पनि नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत अन्य ९ व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन गरे । उनीहरुले माइतीघरमा विरोध प्रदर्शन तथा नाराबाजी पनि गरे । बैंकको ब्याजदर एकल अंकमा सीमित गरिनुपर्ने, सहुलियत कर्जाको सीमा बढाउनुपर्ने, कर्जा सेवा शुल्क ०.२५ प्रतिशत कायम गर्नुपर्ने उनीहरुले आफ्ना माग राखेका छन् भन्दा फरक पर्दैन ।
यसअघि पनि देशभरका उद्योगी व्यवसायीहरु बैंकवित्त विरुद्ध आन्दोलनमा उत्रिएका थिए । चर्को ब्याजदर घटाउनुपर्ने र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगित गर्नुपर्ने उनीहरुले माग राख्दै आएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले पंक्तिकारसंग भने व्यापारीहरुले ८ प्रतिशतमा लिएको व्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्दछ नि ।

उद्योगी व्यवसायीहरु यतिबेला बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आफूहरुमाथि बैंकवित्तले ज्यादती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

केहि बैंकरहरुले भने कर्जा नतिर्ने बहानामा बैंकवित्तमाथि चौतर्फी घेरबन्दी हुने गरेको उनीले दाबी गरे । भनिन्छ जो कर्जा तिर्न चाहदैन उनीहरु बैंकविरुद्ध लागि रहेका छन् रे । नेपाल बैंकर्स एसोसिएसनले ब्याजदर घटाउनका लागि भन्दै व्यवसायी सडकमा आउनुलाई गैरजिम्मेवारीका रुपमा टिप्पणी गरेको छ । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले पंक्तिकारसंग भनेः– सडकबाट ब्याजदर नै तोक्न पाउनुपर्नेजस्ता गतिविधि गर्न खोजिएको उल्लेख गर्छन् । केसी भन्छन्, ‘व्यवसायीले उत्पादन गरेका सामग्रीको मूल्य यति हुनुपर्छ भन्दै कसैले आन्दोलन त गरेको छैन ।’ भारत, अमेरिका लगायत विश्वका अन्य मुलुकहरुमा ब्याजदर बढ्ने क्रम जारी रहेको भन्दै उनले नेपाललाई ती मुलुकको अवस्थाले प्रभाव पर्ने उनीले बताए । ‘तरलतामा अझै चाप पर्ने देखिन्छ, त्यसकारण तत्काल ब्याजदर घट्ने अवस्था देखिँदैन’ उनले दाबी गरे । बैंकले देशको कुना–कुनामा छरिएर रहेको रकम जम्मा गर्ने भएकाले निक्षेपकर्ताप्रति अझ बढी जिम्मेवार हुनुपर्ने उनले स्पष्ट पारे । ‘कसैले छोराछोरीको बिहेका लागि पैसा राखेका हुन्छन्, कसैले घरखर्चका लागि राखेका हुन्छन्, ती बचतकर्ताप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व हो’ उनले प्रस्ट पारे ।

बैंकलाई सबै पक्षले च्याप्न खोजेको ढुंगानाले गुनासो गर्छन् । ‘व्यवसायीहरुले ब्याजदरलाई लिएर बैंकप्रति आक्रोश पोख्ने, आत्महत्या गरे भनेर उच्शृंखलता प्रदर्शन गर्ने, ऋण उठाउनका लागि ६ महिनाअघि सूचना छाप्न नपाइने, ऋण उठाउन सूचना जारी गर्दा राष्ट्र बैंकले व्यक्तिको फोटो नछाप भन्नेजस्ता विषयले बैंक चारैतिरबाट च्यापिएका छन्’ सीइओ ढुंगाना भन्छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउँछन् ।

चर्को रुपमा ऋणको ब्याजको मात्रै कुरा सुनिने गरेको तर निक्षेपकर्ताले पाएको ब्याजलाई बेवास्ता गर्ने गरिएको बैंकरको भनाइ छ । नेपाल बैंकर्स एसोसिएनका निवर्तमान अध्यक्ष एवं नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले पंक्तिकारसंग भने कतिपय व्यवसायीले उच्शृंखल माग राख्ने आन्दोलन गरेका छन् । बैंकलाई सबै पक्षले च्याप्न खोजेको ढुंगानाले गुनासो गर्छन् । ‘व्यवसायीहरुले ब्याजदरलाई लिएर बैंकप्रति आक्रोश पोख्ने, आत्महत्या गरे भनेर उच्शृंखलता प्रदर्शन गर्ने, ऋण उठाउनका लागि ६ महिनाअघि सूचना छाप्न नपाइने, ऋण उठाउन सूचना जारी गर्दा राष्ट्र बैंकले व्यक्तिको फोटो नछाप भन्नेजस्ता विषयले बैंक चारैतिरबाट च्यापिएका छन्’ सीइओ ढुंगाना भन्छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउँछन् । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको पनि उनले बताए । काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पर्दैन भन्नु अराजकताको माथिल्लो रुप भएको टिप्पणी गरे ।

गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको बताए । गभर्नर अधिकारीले भने’म कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक र सतर्क छौं । त्यस्ता कुराहरु हुने वाला छैनन् । यस्ता कुराहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो व्यथिति ल्याउँछ ।

बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने उनको भनाइ थियो । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतीहरु देखिएको बताए । गभर्नर अधिकारीले भने’म कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो । हामी यसमा सजक र सतर्क छौं । त्यस्ता कुराहरु हुने वाला छैनन् । यस्ता कुराहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याउँछ । ठूलो व्यथिति ल्याउँछ । ऋण लिएर तिर्नु पर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ?’ जे भएपनि बैंक र वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय गरेर अर्बपति बनेकाहरु नै बैंक र वित्तिय संस्था विरुद्धको आन्दोलनमा उत्रिनु अराजकताको पराकाष्ट नै हो भन्दा अब फरक पर्दैन । हेक्का होस् । कर्जा नतिर्ने बहाना बनाएर आन्दोलन गर्दैमा कर्जा फ्रि हुँदैन त्यो पनि हेक्का होस् । सचेत भया ।

2195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका