जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • लुम्बिनी जनरलको साधारण सभा सम्पन्न

लुम्बिनी जनरलको साधारण सभा सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।  आज फाल्गुण ११ गते, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौंमा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले  लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

मर्जर पश्चात कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण (DDA) बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

यस्तै सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले हुन आउने ४८ लाख २९ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गरेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ.ब. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको  लागि ०.३६७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराउनु भयो । सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लि. संग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरे ।

सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० बर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको छ ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?