जोडिनुहोस
आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको १२४ औं शाखा कमलविनायक भक्तपुरमा

एभरेष्ट बैंकको १२४ औं शाखा कमलविनायक भक्तपुरमा

एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०७९ साल फाल्गुण ११ गतेका दिन भक्तपुरको कमलविनायकमा आफ्नो १२४ औं शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख – प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठ, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले कमलविनायक र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको छ ।

3685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्