जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डद्वारा ८८ कम्पनीलाई कारवाही

धितोपत्र बोर्डद्वारा ८८ कम्पनीलाई कारवाही

नेपाल धितोपत्र बोर्डले ८८ वटा सुचिकृत कम्पनीलाई कारवाही गरेको छ । धितोपत्र बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बोर्डले त्यस्ता कम्पनीहरुलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको हो । साथै बोर्डले ति कम्पनीहरुलाई वित्तीय विवरण नबुझाएको तथा ढिलो बुझाएको विषयमा स्पष्टिकरण पनि सोध्ने निर्णय गरेको छ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ। धितोपत्र बोर्डले एकै पटक यदि धेरै सुचिकृत कम्पनीलाई कारवाही गरेको यो नै पहिलो पटक हो ।

1065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका