काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफुलाई मेयर पदबाट राजिनामा दिन लगाउन खोजिएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर शाहले मेयर पदबाट आफुलाई राजिनामा दिन लगाउन खोजिएको बताएका हुन् ।
‘मेयर पदबाट मलाई आज राजिनामा दिन लगाउन खोजिदैछ । यो देश कहिल्यै पनि बन्दैन’ – उनले लेखेका छन् ।