जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • को बन्ला राष्ट्रपति ? अब यस्तो हुनेछ अंकगणित…

को बन्ला राष्ट्रपति ? अब यस्तो हुनेछ अंकगणित…

नयाँ समिकरणसहितको गठबन्धन बनेपछि राष्ट्रपति निर्वाचनका लागि अंक गणित पनि परिवर्तन भएको छ । आठ दलको आजको निर्णयानुसार नेपाली काँग्रेसबाट राष्ट्रपतिका उमेद्वार बन्नेछन् । काँग्रेसका कृष्ण सिटौला र रामचन्द्र पौडेलको दावी सार्वजनिक भइसकेकोछ ।

कतिपय नेताले सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिरहेका छन् । उनले ‘ओके’ भनेको खण्डमा उनी बन्न सक्छन् । तर अहिलेसम्मको ‘सिनारियो’मा पौडेलको नाम अग्रस्थानमा देखिन्छ । अब नेकपा एमालेसँग साझेदार गर्ने दलहरुले एमालेका नेता कुनै नेतामध्ये एकलाई उमेद्वार बनाउने छ ।

यसअघि सुवास नेम्वाङको चर्चा आएको थियो । या काँग्रेसलाई नै समर्थन गर्न सक्ने सम्भावना पनि छ । यसअघि प्रधानमन्त्री प्रचण्डलाई प्रतिपक्षमा रहेर पनि नेपाली कांग्रेसले समर्थन गरेको उदाहरण छँदैछ । यद्यपि आजको दलहरुको निर्णयानुसार राष्ट्रपति निर्वाचनको अंक गणित पुरै उल्टिएको छ ।

विवरणहरु विष्लेषण गर्दा माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का जस्तै देखिन्छ ।

संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्‍याउनु पर्दछ । कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिजाप्रति कांग्रेस ढुक्क छ ।

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?