जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • असार महिनामा मात्रै बैंकहरुको निक्षेप ९४ अर्बले बढ्यो

असार महिनामा मात्रै बैंकहरुको निक्षेप ९४ अर्बले बढ्यो

आर्थिक वर्षको अन्त्यमा बैंकहरुको निक्षेपमा उच्च वृद्धि भएको छ । असार २४ गतेसम्म वाणिज्य बैंकको निक्षेपमा ९४ अर्ब रुपैयाँले बढेको छ । असार महिनामा मात्रै वाणिज्य बैंकको ऋण १९ अर्बले घटेको छ ।

राष्ट्र बैंकले चालु आवको असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतको दायरामा ल्याउन निर्देशन दिएको थियो । यससँगै बैंकहरुले कर्जा असुलीलाई तिव्रता दिएको छ । नेपाल बैकर्स एसोसिएसनका अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत रहेको छ ।

असार मसान्तमा बजेट खर्च गर्ने प्रवृत्तिसँगै सरकारको पुँजीगत खर्चमा समेत वृद्धि हुँदा बैंकहरुमा निक्षेपमा वृद्धि देखिएको हो । राष्ट्र बैंकले असार २६ गतेसम्मको समग्र वित्तीय प्रणालीको सीडी रेसियो भने ८७.१४ प्रतिशतमा झरेको देखिएको छ ।

नेपाल बैकर्स संघका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरुमा ४४ सय अर्ब निक्षेप रहेकोमा असार २४ गतेसम्म आइपुग्दा निक्षेप बढेर ४४ सय ९४ अर्ब रुपैयाँ पुगेको हो । त्यसैगरी चालु आवको जेठ मसान्तको समग्र वाणिज्य बैंकको ऋण ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्ममा १९ अर्बले घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

1625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका