जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • सिभिल क्यापिटलको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन

सिभिल क्यापिटलको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन

सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोलाबहादुर बिष्ट चयन भएका छन्। कम्पनी सञ्चालक समितिको आइतबार भएको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

यसअघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए। तर, हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै आचार्य सिभिल बैंकबाट नै बाहिरिएका थिए। त्यसपछि फागुन ११ गतेदेखि लागु हुने गरी क्यापिटलको सञ्चालक पदमा मुख्य लगानीकर्ता सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै भोलाबहादुर बिष्ट चयन भएका थिए।

उनी सन् २००२ मा महेन्द्र विद्याभूषणद्वारा विभूषित हुन् भने उनीसँग २० वर्षको बैंकिङ अनुभव छ। फागुन १४ गते उनी अध्यक्ष चयन भएका हुन्।

विगत १३ वर्षदेखि उनी सेवारत सिभिल क्यापिटल मार्केटले प्राथमिक सेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापनको कार्य, सेयर प्रत्याभूति र संस्थागत परामर्श सेवा लगायत पुँजीबजार सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका